
Rgp1
pku
Ggp
Srbpu
Rgp
Lnp
Sgr
Pbu
Unsku
दाङ । धारापानीमा लाग्ने महाशिवरात्री मेला यस वर्ष पनि तीन दिन भव्य साथ लाग्ने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ५ धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर धाममा लाग्ने मेलामा विभिन्न धार्मिक कार्य गरिनेछ । महाशिवरात्री पर्वको अवसरमा लाग्ने मेलाकै अवसरमा यहीँ फागुन १२ गते १०८ गौभूखीधाराको औपचारिक उद्घाटन गरिने छ । विभिन्न दाताको सहयोगमा […]
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । त्यस्तै आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । सुदूरपश्चिम,कर्णाली,गण्डकी […]
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ र १२ को २०८२ सालमा सञ्चालन गरिने साधारण धारतर्फका आंशिक तथा ग्रेड वृद्धि एवं प्राविधिक धार तर्फका आंशिक परीक्षार्थीहरूको समय तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आज एक सूचना प्रकाशित गर्दै साधारण तथा आंशिकतर्फको परीक्षा तालिका सार्वजनिक गरेको हो । त्यस्तै वार्षिक परीक्षा […]
प्यूठान । बाग्दुलामा बसले किचेर एक जना बालिकाको मृत्यु भएको छ । बाग्दुलाबाट फोप्ली तर्फ जाँदै गरेको ना. ४ ख. १३०९ नम्बरको बसले किचेर नौबहिनी गाउँपालिका ७ फोप्लीकी डेढ वर्षीय बालिका तिर्सना पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता तथा प्रहरी निरीक्षक केशव केसीले बताए । त्यस्तै बस र चालकलाई प्रहरीले नियन्त्रणमा […]
दाङ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा गढवा गाउँपालिका वडा नम्बर ६ गढवा गाउँपालिकाको सभाहलमा एक दिने व्यवसायिक बाख्रापालन तालिम सम्पन्न भएको छ । रुपन्देही जिल्लाको तिलोत्तमा ५ मणिग्राममा केन्द्रीय कार्यालय रहेको स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय राजपुर गाउँपालिकाको बेलामा रहेको लघुवित्तले बाख्रा पालक कृषकहरुलाई व्यवसायिक बाख्रापालन तालिम दिएको हो । तालिमको समापन […]
दाङ । महाशिवरात्रीको अवसरमा देउखुरीको लमहीमा रहेको जखेरा तालको लेकसाइडमा सांस्कृतिक महोत्सव हुने भएको छ । जखेरा शिवालय धार्मिक पर्यटन संरक्षण विकास प्रतिष्ठानको आयोजनामा यहि फागुन १४ गतेदेखि १७ गतेसम्म हिन्दुहरुको महान पर्व महाशिवरात्रीको अवसरमा वृहत सांस्कृतक महोत्सव गर्न लागिएको हो । त्यस्तै ताल तलैयाको संरक्षण गरौँ,पर्या पर्यटनमा टेवा पुर्याऔँ भन्ने मुख्य उद्देश्यले शिवरात्रीको दिन […]
दाङ । देउखुरीको लमही स्थित देउखुरी पब्लिक अंग्रेजी माध्यमिक बिद्यालयको १७ औं बार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रम बुधवार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिष्णु बञ्जाडेको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री सिता चौधरीले ड्रोन उडाएर तथा बिद्यालयको ताम्रपत्र अनावरण गरेर बार्षिकोत्सव तथा बिद्यालय भवनको समुद्घाटन गरेकि […]
धनगढी । बझाङमा १४ वर्षीया किशोरीमाथी करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर–७ बस्ने २१ वर्षीय अक्कल बोहरालाई मंगलवार राति प्रहरीले पक्राउ गरेको हो । बोहराले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । त्यस्तै […]
रोल्पा । रोल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माडी गाउँपालिका वडा नम्बर –४ चुकबोटबाट माडी गाउँपालिका–२ घर्तीगाउँ हुँदै ब्याङ खोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिपर घर्ती गाउँस्थित सहिदमार्ग सडकबाट करिब १०० मिटर तल खस्दा एक जनाको घटना स्थलमै मृत्यु भएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय घर्ती गाउँका […]
काठमाडौँ । मृतक फेलापरेकी प्रकृति लम्साल मृत्यु प्रकरणमा किट विश्वविद्यालयका २१ वर्षीय विद्यार्थी सहित ६ जना पक्राउ छन् । भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) अर्थात् किट विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्साल शंकास्पद अवस्थामा मृत भेटिएको घटना अनुसन्धानका लागि त्यहाँको प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । भारतीय […]