
Jsbr-3
Pbu
Rksr-7
Jsbg-7
Msbg-2
Gsbg-3
Gsbr-6
Csbg-7
ksbl-7
Usbl-7


रोल्पा । रोल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माडी गाउँपालिका वडा नम्बर –४ चुकबोटबाट माडी गाउँपालिका–२ घर्तीगाउँ हुँदै ब्याङ खोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिपर घर्ती गाउँस्थित सहिदमार्ग सडकबाट करिब १०० मिटर तल खस्दा एक जनाको घटना स्थलमै मृत्यु भएको हो ।
त्यस्तै इलाका प्रहरी कार्यालय घर्ती गाउँका प्रहरी निरीक्षक देव सिंह भण्डारीका अनुसार दुर्घटनामा टिपर चालक निजगढ ५, बारा निवासी ३६ वर्षीय जिते कुमारको मृत्यु भएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
