
mbd
Sds
Gisld
Rbs
Mbdvs
Pbu

Asm
Bbu
Gst
Rgu
Pvg
Tsm
Hal
Sls
Wsp
Ssm
Ksm
Bbbpu
Vor
Rgu
nsb
Sbs
Ggd
Rsb
Rgs

Pls
bbt
Jmb
Syp
Mks
Ptm
Bml
sab
Rpp
Gsb
Abd
Rmb
Jmb
दाङ। दाङको राप्ती गाउँपालिका–१ भालुवाङबाट ब्राउन सुगरसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार दिउँसो करिब २ बजे भालुवाङस्थित हेलो होटल रेष्टुरेन्टमा लागूऔषध सेवन तथा बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा साेही स्थानीय २२ वर्षीय आकाश पुन र २२ वर्षीय उमेश घर्ती मगर रहेका छन्। प्रहरीले उनीहरूको साथबाट २.६४० ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवै जनालाई दाङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
