
Msbg-2
Rksr-7
Jsbr-3
Csbg-7
Gsbg-3
Pbu
Jsbg-7
Usbl-7
Gsbr-6
ksbl-7


दाङ । धारापानीमा लाग्ने महाशिवरात्री मेला यस वर्ष पनि तीन दिन भव्य साथ लाग्ने भएको छ ।
घोराही उपमहानगरपालिका वडा नम्बर ५ धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर धाममा लाग्ने मेलामा विभिन्न धार्मिक कार्य गरिनेछ । महाशिवरात्री पर्वको अवसरमा लाग्ने मेलाकै अवसरमा यहीँ फागुन १२ गते १०८ गौभूखीधाराको औपचारिक उद्घाटन गरिने छ ।
विभिन्न दाताको सहयोगमा निर्माण भएको गौभुखीधारा निर्माणकर्ताले सामूहिक उद्घाटन गर्ने कार्यक्रम गरिएको पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारी जानकारी दिए । गौमूखीधारा निर्माण भएको लामो समय भएपनि त्यसमा नियमित पानी खस्नका लागि पानी व्यवस्थापन गरिएपछि गौमुखीधारा निर्माणको कामले पूर्णता पाएको हो । ती धारामा नियमित पानी आउनका लागि बबईको पानी लिफ्टिङ गरेर पोखरीमा जम्मा गर्ने र पाइपमार्फत् गौमुखीधारामा खस्ने व्यवस्था मिलाइएको छ ।
त्यस्तै १२ गते गौमुखीधारा उद्घाटनपछि प्रत्येक दिन बिहान दुई घण्टा १०८ वटै गौमुखीधारामा भक्तजनलाई स्नानका लागि पानी आउने व्यवस्था गरिने अध्यक्ष अधिकारीले जानकारी दिए ।
यस्तै महाशिवरात्री पर्वकै अवसरमा फागुन १३ गते बेलुका एक हजार आठवटा दीप प्रज्वलन गर्ने र १४ गते विधिपूर्वक भगवान् शिवको पूजाआरधना गरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा नेपाली सेना लगायतका सुरक्षाकर्मी, मन्दिर व्यवस्थापन समिति,भक्तजन लगायतको सहभागितामा शिव सलामी समेत दिइनेछ भने मन्दिरको सौन्दर्य र आकर्षण बढाउन मन्दिर परिसरमा रहेका मठमन्दिर,तुल्सीमैरो,सिढी, प्रतीक्षालयलगायतका स्थानमा रङगरोगन गरिएको छ ।
त्यस्तै मेलालाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न समिति तथा उपसमिति गठन गरिएको अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।समान्तर
