
Rksr-7
jsbr-3
Usbl-7
Csbg-7
Jsbg-7
ksbl-7
Pbu
Gsbg-3
Gsbr-6
Msbg-2
काठमाडौँ । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । त्यस्तै आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई […]
काठमाडौं । सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको छ । शनिबार आज बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई २४ घण्टे अल्टिमेटम माग गरेका हुन् । मिश्र र राणालाई रिहा नगरे राप्रपाले देशभर विरोधका […]
काठमाडाैं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काटेको छ । शुक्रबार उनको समर्थनमा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका तीनकुने-कोटेश्वर क्षेत्रमा विध्वंस मच्चाएपछि महानगरले ज्ञानेन्द्रलाई सात लाख ९३ हजार रूपैयाँ जरिवानाको पत्र काटेको हो । त्यस्तै उनको समर्थनमा उनकै निर्देशनमा भएको प्रदर्शनले महानगरको क्षेत्राधिकारभित्रका सार्वजनिक सम्पत्तिमा तोडफोड र फोहोरमैला गरेको भन्दै महानगरले जरिवाना तिराउन लागेको हो […]
काठमाडौँ । शुक्रबार राजावादीको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने गृहमन्त्री रमेश लेखकले स्पष्ट पारेका छन् । शनिबार आज राजावादीले आगजनी, तोडफोड र लुटपाट गरेको काठमाडौँको तीनकुने, कोटेश्वर लगायतका क्षेत्रमा अनुगमन गर्दै गृहमन्त्री लेखकले राजावादीहरुले अपराधिक चरित्र देखाएको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने स्पष्ट पारेका हुन् । गृहमन्त्री लेखकले सुरक्षा […]
काठमाडौं । शुक्रबारको राजावादी आन्दोलनलाई उत्तेजित बनाउने धर्मगुरु खतिवडालाई प्रहरीले पक्राउ गरेको छ । तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुंगामुढा गर्ने धर्मगुरु पुष्कर खतिवडालाई शनिबार आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई प्रहरीको विशेष टोलीले इमाडोलस्थित एक घरमा लुकेको अवस्थामा नियन्त्रणमा लिएको हो । त्यस्तै उनले आन्दोलनका क्रममा ढुंगा हानेका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् […]
काठमाडौँ । शुक्रबार राजसंस्थाको पुनःस्थापनाको माग राख्दै भएको भनिएको आन्दोलनमा सहभागी समूहले सञ्चार गृहमाथि भएको तोडफोडप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालले शुक्रबार साँझ एक विज्ञप्तिमार्फत समाचार सङ्कलनका क्रममा एक सञ्चारकर्मीको मृत्यु भएको, विभिन्न सञ्चार गृहको भवनमा आगो लगाइएको, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुङ्गा हानिएको तथा […]
काठमाडौं । एभिन्युज टेलिभिजनका पत्रकारको तीनकुनेको आगजनीमा परी मृत्यु भएको छ । तीनकुनेको भवनमा लागेको आगोमा जलेर सुरेश रजकको मृत्यु भएको हो। सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका रजकको मृत्यु भएको बताइएको छ । राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए […]
काठमाडौँ । तीनकुनेमा भएको राजसंस्था पक्षधर र प्रहरी बीचको झडपमा एक जना आन्दोलनकारीको मृत्यु भएको छ । त्यस्तै मृत्यु हुनेमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन रहेको स्रोतले जानकारी दिएको छ। शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । आन्दोलनमा तीन जना गम्भीर घाइते भएकोमा महर्जनको मृत्यु भएको हो । तीनकुनेमा भएको राजसंस्था पक्षधरको आन्दोलन उग्र […]
काठमाडौं । तीनकुनेमा प्रदर्शन गरिरहेका राजावादी समर्थकहरूले पेरिसडाँडास्थित नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा आगजनी प्रयास गरेका छन् । त्यस्तै यसअघि दिउँसो आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय अगाडि पनि आगजनी भएको थियो । त्यसपछि प्रदर्शनकारीको भिड माओवादी केन्द्रको पार्टी कार्यालयतर्फ पुगेको हो।
काठमाडौं । राजसंस्था समर्थकको प्रदर्शनका क्रममा शुक्रबार कान्तिपुर टेलिभिजनमा ढुंगामुढा र तोडफोड भएको छ । प्रदर्शनकारीहरूले कान्तिपुर टेलिभिजनलक्ष्यित आक्रमण गरेका थिए । आक्रमणबाट कान्तिपुर कार्यालयमा क्षति पुगेको छ । यस्तै तीनकुनेमै अवस्थित अन्नपूर्णपोस्टको कार्यालयमा पनि आगजनीको प्रयास भएको छ । ढुंगा प्रहार हुँदा अन्नपूर्णको कार्यालयमा पनि क्षति पुगेको छ । त्यस्तै कोटेश्वरको भाटभटेनीमा पनि प्रदर्शनकारीले […]