
Gsbg-3
Gsbr-6
Jsbr-3
Usbl-7
Pbu
ksbl-7
Rksr-7
Msbg-2
Jsbg-7
Csbg-7


काठमाडौँ । शुक्रबार राजावादीको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने गृहमन्त्री रमेश लेखकले स्पष्ट पारेका छन् ।
शनिबार आज राजावादीले आगजनी, तोडफोड र लुटपाट गरेको काठमाडौँको तीनकुने, कोटेश्वर लगायतका क्षेत्रमा अनुगमन गर्दै गृहमन्त्री लेखकले राजावादीहरुले अपराधिक चरित्र देखाएको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने स्पष्ट पारेका हुन् । गृहमन्त्री लेखकले सुरक्षा निकायका अधिकारीसहित तीनकुनेमा भएको आगजनी,विभिन्न सञ्चारगृहमा भएको तोडफोडका साथै नेकपा एकीकृत समाजवादीको कार्यालयमा भएको तोडफोड एवं क्षतिको निरीक्षण गरेका थिए ।
त्यस्तै उनले शुक्रबार भएको घटनाको राजनीतिक आदर्श, मूल्यमान्यतासँग कुनै साइनो नरहेको उल्लेख गरे । राजावादीले छानिछानी आगजनी, तोडफोड र लुटपाटको नियोजित घटना घटाएकाले दोषीलाई कारबाही गर्ने उनले बताए । राजावादीहरुले शुक्रबार काडमाडौँका विभिन्न स्थानमा आगजनी,तोडफोडका साथै लुटपाट गरेका थिए । राजावादीहरूको आन्दोलनका क्रममा एक जना पत्रकार सहित दुई जनाको मृत्यु भएको थियो ।
