
Gsbr-6
Usbl-7
Jsbr-3
Pbu
Gsbg-3
Csbg-7
ksbl-7
Msbg-2
Jsbg-7
Rksr-7


काठमाडौं । एभिन्युज टेलिभिजनका पत्रकारको तीनकुनेको आगजनीमा परी मृत्यु भएको छ ।
तीनकुनेको भवनमा लागेको आगोमा जलेर सुरेश रजकको मृत्यु भएको हो। सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका रजकको मृत्यु भएको बताइएको छ । राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए ।
त्यस्तै एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले रिपोर्टिङमा गएको साथी सम्पर्कविहीन भएका बताएका थिए । एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदादिँदै पनि उद्धार नभएको गुनासो गरेका छन् । यस्तै तीनकुनेमा गोली लागेका सबिन महर्जनको पनि मृत्यु भएको छ।
