दाङमा सडक दुर्घटना हुँदा २५ जना भारतीय नागरिक घाईते

दाङ । लमही–कोइलाबास सडकखण्डको चिसापानीमा शुक्रबार बस दुर्छटना हुँदा चालक सहित २५ जना भारतीय नागरिकहरु घाईते भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । युपि ३२ एम एन ९५६६ नम्बरको फोर्स बसको ब्रेक फेल भएपछि भित्तामा ठोकाएर ठूलो दुर्घटना हुनबाट चालकले बचाएको प्रहरीले जनाएको छ । बस दुर्घटना हुँदा भारतको लखनऊबाट नेपालको पोखरा घुम्न भनी […]

सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु,१० जना पक्राउ

डोटी । सिकार खेल्न जाँदा गोली लागेर डोटीका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीकेदार गाउँपालिका वडा नम्बर-२ बर्छैन बस्ने २४ वर्षीय नरेश सार्की रहेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ । त्यस्तै बिहीवार दिउसो बडीकेदार गाउँपालिका-१ बेडुपाटा खोलाको किनारमा शिकार खेल्न जाँदा बडीकेदार गाउँपालिका-१ रजेडका ४८ वर्षीय कमल सिँह खड्काकाले बोकेको भरुवा […]

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको समभावना,सतर्कता अपनाउन अनुरोध

काठमाडौँ । पछिल्लो समय देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी प्रदेश प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित […]

नेपाल प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । सिफारिस सूचीको पहिलो नम्बरमा चन्द्र कुवेर खापुङ छन् । बिहिबार बसेको बढुवा समितिको बैठकले लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको छ । एआईजीमा बढुवा सिफारिस भएका […]

टोखाबाट बरामद २५ करोड प्रकरण ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान

काठमाडौँ । काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो । त्यस्तै उक्त रकमको मालिक भनिएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर –४ घर […]

निजी मेडिकल कलेजको सिट र शुल्क पुनरवलोकनका लागि कार्यदल गठन

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको बैठकले निजी मेडिकल कलेजमा एमबीबीएर र बीडीएसको सिट संख्या र शुल्क संरचना पुनरवलोकनका लागि आज कार्यदल गठन गरेको छ। बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको १८औं बैठकले निजी मेडिकल कलेजमा एमबीबीएस र बीडीएसको सिट संख्या र शुल्क संरचना पुनरवलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको हो । त्यस्तै […]

ईसेवा चलाउने ४ हजार जनाको खाताबाट १ करोडभन्दा बढी रकम चोरी गर्ने युवक पक्राउ

काठमाडौँ । हजारौँ ईसेवा प्रयोगकर्ताको खाताबाट १ करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा कञ्चनपुर घर भई हाल काठमाडौँ अनामनगर बस्ने २२ वर्षीय राहुल बुढा रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बुढाले ईसेवा प्रयोगकर्ताहलाई एसएमएसमार्फत द अर्लट, एटी अलर्टजस्ता फिसिङ लिंक […]

त्रिभुवन विमानस्थलमा एक युवकलाई दुर्व्यवहार गर्ने तीन प्रहरी जिम्मेवारीबाट हटाइए

काठमाडौँ । त्रिभुवन विमानस्थलमा एक युवामाथि दुर्व्यवहार गर्ने तीनजना प्रहरी कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालय,रानीपोखरीले वैदेशिक रोजगारीबाट बिदामा फर्किएका युवामाथि दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई कारबाही गरिएको जनाएको छ । त्यस्तै उनीहरूलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा झिकाएर छानबिन तथा अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए । […]

राप्ती गाउँपालिकामा अध्यक्ष कप फूटबल प्रतियोगिता सुरु

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा बुधबारदेखि अध्यक्ष कप फूटबल प्रतियोगिता सुरु भएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुले गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै प्रदेशसभा सदस्य थारुले सामाजिक तथा राजनीतिक परिवर्तनसँगै खेल क्षेत्रको पनि उल्लेखनीय विकास भइरहेको बताए । उनले गणतन्त्र स्थापनापछि […]

आज देशका पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, मधेस,बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]