डोटी । सिकार खेल्न जाँदा गोली लागेर डोटीका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीकेदार गाउँपालिका वडा नम्बर-२ बर्छैन बस्ने २४ वर्षीय नरेश सार्की रहेको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।
त्यस्तै बिहीवार दिउसो बडीकेदार गाउँपालिका-१ बेडुपाटा खोलाको किनारमा शिकार खेल्न जाँदा बडीकेदार गाउँपालिका-१ रजेडका ४८ वर्षीय कमल सिँह खड्काकाले बोकेको भरुवा बन्दुक पड्किदा नरेशको दायाँ छातिमा गोली लागि घट्नास्थलमै मृत्यु भएको हो ।
यस्तै घटनामा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बडीकेदार गाउँपालिका-१ रजेडाका ४८ वर्षीय कमल सिँह खड्का, सोही स्थानका २६ वर्षीय खेम खड्का, ५२ वर्षीय तारा सिँह खड्का, बडीकेदार गाउँपालिका-२ बर्छैन बस्ने ३९ वर्षीय तेजेन्द्र भाट, सोही स्थानका ४० वर्षीय अम्मर शाह, ३१ वर्षीय चक्र भाट, १८ वर्षीय सुनिल बम, ३७ वर्षीय गणेश घर्तिमगर, ७१ वर्षीय मानबहादुर शाह र बडीकेदार-२ गर्भुजा बस्ने २६ वर्षीय जुलेश नामजाली मगर रहेका छन् । त्यस्तै उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।