
Rksr-7
Gsbg-3
Usbl-7
Csbg-7
Jsbg-7
Pbu
Gsbr-6
Jsbr-3
ksbl-7
Msbg-2


काठमाडौँ । त्रिभुवन विमानस्थलमा एक युवामाथि दुर्व्यवहार गर्ने तीनजना प्रहरी कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालय,रानीपोखरीले वैदेशिक रोजगारीबाट बिदामा फर्किएका युवामाथि दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई कारबाही गरिएको जनाएको छ ।
त्यस्तै उनीहरूलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा झिकाएर छानबिन तथा अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए । दूबईबाट ३१ चैतमा काठमाडौँ आएका मोरङका सञ्जय ओझा विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि दुर्व्यवहारमा परेका थिए । उनीमाथि प्रहरीले गरेको दुर्व्यवहारको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
यस्तै १० दिनको बिदामा काठमाडौँ आएर विमानस्थलबाहिर निस्किँदै गर्दा एक कर्मचारीले उनलाई ट्रली बाहिर ल्याएको विषयमा गालीगलौच गरेका ओझाले बताएका छन् । ओझाका अनुसार ती व्यक्तिले त्यस्तो व्यवहार गरेपछि उनले प्रहरीलाई बोलाएका थिए । तर प्रहरीले उनैमाथि थप दुर्व्यवहार गरेका थिए।
