
Gisld
Pbu
mbd
Mbdvs
gst
Ksm
Anm
Rbs
Gmk
Sds

Rsb
Ssm
Rgu
Ksm
Wsp
Sbs
Ggd
Asm
Tsm
Rgs
Bbu
Vor
Rgu
nsb
Gst
Hal
Pvg
Sls
Bbbpu

Mks
Jmb
Abd
Gsb
Rmb
bbt
Syp
Jmb
Ptm
sab
Pls
Rpp
Bml
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा बुधबारदेखि अध्यक्ष कप फूटबल प्रतियोगिता सुरु भएको छ। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुले गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै प्रदेशसभा सदस्य थारुले सामाजिक तथा राजनीतिक परिवर्तनसँगै खेल क्षेत्रको पनि उल्लेखनीय विकास भइरहेको बताए । उनले गणतन्त्र स्थापनापछि खेल क्षेत्रले थप प्रगति गरेको उल्लेख गर्दै अहिलेको अवस्थामा सरकार र स्थानीय तहले खेल क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याए ।“खेलाडीको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ,”थारुले भने,“भलिबल, क्रिकेट, फुटबल लगायतका खेलमा नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाइसकेको छ, अझै पनि खेलाडीमा लगानी आवश्यक छ ।”
कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले खेल जीवनलाई गतिशील बनाउने माध्यम भएको उल्लेख गर्दै अनुशासन, समर्पण र सामूहिकता सफलताको आधार भएको बताए ।
गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले स्थानीय स्तरबाट सुरु गरिएको प्रतियोगिताले खेलाडीलाई जिल्ला, प्रदेश हुँदै राष्ट्र प्रतिनिधित्व गर्न सक्षम बनाउने विश्वास व्यक्त गर्दै खेलाडीलाई निरन्तर हौसला प्रदान गरिने बताए ।
कार्यक्रममा नेकपा एमाले राप्ती गाउँ कमिटीका सचिव भरतमणि न्यौपाने,नेकपा माओवादी केन्द्रका उपाध्यक्ष बसन्त नेपाली,राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष राजकुमार आचार्य,नेकपा एकीकृत समाजवादी पार्टीका शिशिर पुन,राष्ट्रिय जनमोर्चाका प्रतिनिधि डिलाराम पौडेल,सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेडक्वाटर भालुबाङका प्रहरी उपरीक्षक मनोज कुमार धिताल, इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गरेका थिए ।
प्रतियोगितामा गाउँपालिकाका आठ वडाबाट महिला र पुरुष गरी ८/८ टिम सहभागी रहेका छन् । विजेता टिमलाई नगद ४०/४० हजार र उपविजेता टिमलाई ३०/३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ। प्रतियोगिता राप्ती गाउँपालिका–२, लालमटिया स्थित टुडिखेल मैदान बराखुटीमा चैत ५ गतेसम्म सञ्चालन हुने वडा नम्बर ३ का अध्यक्ष तथा खेल समितिका संयाेजक उमेश अधिकारीले जानकारी दिए ।
