
Sys
jms
smb
Ssbus
gms
Gsbus
Asm
Ppu
Rg-9
jmb
Bpb

Ln3
Tsb
Ln9
Dps
Asm
Gsb
Ln2
Ln7
Hl1
Usb
bmj
cks
Ln8
Ssb
Ln1
kbs
Rys
Sbs
Gg1
Gg5

Ksb
Sab
Gjl
Gg6
Jab
Snk
Rgu
Bpb
ptl
Sbs
Sml
Nps
Gg4
Rss
Jpb
Gg3
Gg2
दाङ । लमही–कोइलाबास सडकखण्डको चिसापानीमा शुक्रबार बस दुर्छटना हुँदा चालक सहित २५ जना भारतीय नागरिकहरु घाईते भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
युपि ३२ एम एन ९५६६ नम्बरको फोर्स बसको ब्रेक फेल भएपछि भित्तामा ठोकाएर ठूलो दुर्घटना हुनबाट चालकले बचाएको प्रहरीले जनाएको छ । बस दुर्घटना हुँदा भारतको लखनऊबाट नेपालको पोखरा घुम्न भनी आएका २५ जना यात्रुहरु घाईते भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गढवाको प्रहरी टोलीद्वारा दुर्घटना स्थलमा पुगेर घाईतेहरुलाई उद्दार गरि एम्बुलेन्स मार्फत गढवा स्वास्थ्य चौकीमा पठाइएको प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् ।
त्यस्तै सबै घाईतेहरुको गढवा स्वास्थ्य चौकीमा प्रारम्भीक उपचार पश्चात् निजका आफन्तहरुको चाहाना बमोजिम भारतको तुलसीपुर स्थित सरकारी हस्पिटलमा रिफर गरिएको बताइएको छ । घाईते हुनेहरुमा भारतको लखनऊ घर बताउने दुर्गेश मिश्र, असुतोष तिवारी, अन्जन श्रीवास्तव, अनिल श्रीवास्तव, प्रेम चन्द पौथा, लल्लन यादव, अतुल शुक्ला, सचिदन चन्द सिंह, राहुल त्रिपाठी, अभिषेक तिवारी, सतिश बर्मा, आदिप्त प्रकाश शुक्ला, दिनेश यादव, अरविन कुमार, राहुल तिवारी, आदित्य श्रीवास्तव, चालक अहमद इलियाद, सहचालक अब्दुल शुक्ला, रवि कुमार श्रीवास्तव, मनोज बर्मा, अविनास मिश्र, शरद पाण्डे, आदित्य बराल शुक्ला र बिवेक त्रिवेदी रहेका छन् ।
यस्तै घाईतेहरु मध्ये ३ जनाको अवस्था गंभिर रहेको गढवा स्वास्थ्य चौकीले जनाएको छ । अन्य धेरै जनालाई टाउको, हात, खुट्टा र शरिरमा चोट लागेको बताइएको छ । यो समाचार तयार पार्दासम्म वस चालक अहमद इलियाद इप्रका गढवाको नियन्त्रणमा रहेका छन् । घाईतेहरु सबैलाई भारतको तुलसीपुरमा नेपाली एम्बुलेन्स मार्फत उपचारका लागि लगिएको छ ।
