
Tgp
Ssb
Nsb
Gsb
Ksb
Bsn
Ksb
Usb
Ksb
Csb
Fmb
Ppu
jsb
Ssb
Rsb
Rks

Usb
Gsb
Tsb
Hl1
Ssb

ptl
Rgu
Nps
काठमाडौँ । नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।
सिफारिस सूचीको पहिलो नम्बरमा चन्द्र कुवेर खापुङ छन् । बिहिबार बसेको बढुवा समितिको बैठकले लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको छ ।
एआईजीमा बढुवा सिफारिस भएका खापुङ, आचार्य र पोखरेल आईजीपी दीपक थापाकै ब्याचमेट हुन् । उनीहरु २०५२ कार्तिक २७ मा प्रहरीमा प्रवेश गरेर २०८० वैशाख ६ मा डीआइजी भएका थिए ।
त्यस्तै दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी र २०५४ चैत १८ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरीमा प्रवेश गरेका थिए ।भुटानी शरणार्थी प्रकरणको फाइल खोलेर चर्चामा आएका डा.केसी प्रहरीमा काविल अफिसर भनेर चिनिन्छन् । शरणार्थी प्रकरणको अनुसन्धान र मुद्दाको अभियोजन हुँदा दानबहादुर कार्की जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख रहेका थिए ।
