
ksbl-7
Pbu
Msbg-2
Jsbr-3
Gsbg-3
Gsbr-6
Jsbg-7
Usbl-7
Rksr-7
Csbg-7
काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरु प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरु निरन्तर आन्दोलनरत छन् । आन्दोलनका कार्यक्रम अन्तर्गतको पहिलो चरण आजबाट सकिएको छ । निजी विद्यालयले क्रमश: […]
काठमाडौँ । हाल देशभर मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेका कारण शुक्रबार बिहान देशभरि आंशिकदेखि साधारणतया बदलीको अवस्था छ । साथै देशका अधिकांश भूभागमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा […]
डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर –५,को चौडमा बिहीबार बिहान भएको जिप दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएका चार जनाको सनाखत भएको छ । त्यस्तै मृत्यु हुनेमा १८ वर्षका सुरेश साउँद, २३ वर्षका सुरेश पार्की,४० वर्षकी तारा अवस्थित, र ७२ वर्षीया कलावती साउद रहेका छन्। चालक ३५ वर्षीय रामबहादुर साउदले चलाएको से.१ ज ७३८ नम्बरको बोलेरो […]
काठमाडौं । नेपालमा सञ्चालन रहेका सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई अब सात दिनभित्र अनिवार्य रूपमा सूचीकरण गर्नुपर्ने भएको छ । यसबारे जानकारी गराउन सरकारले बिहीबार सार्वजनिक सूचना जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रकाशित गर्दै हालसम्म सूचीकरण नभएका स्वदेशी वा विदेशी सामाजिक सञ्जाल प्लेटफर्मलाई तोकिएको समयसीमाभित्र मन्त्रालयमा सम्पर्क गरी सूचीकरण गर्न आग्रह […]
दाङ । गोरखा कप भलिबल प्रतियोगिता २०८२ को उपाधि गोरखा इन्टरनेशनल पब्लिक सेकेण्डरी स्कुल घोराहीले हात पारेको छ । गोरखा इन्टरनेशनल पब्लिक सेकेण्डरी स्कुल घोराहीले आयोजना गरेको प्रतियोगितामा छात्र र छात्रातर्फको दुबै उपाधि आयोजक विद्यालयले नै हात पारेको हो । छात्र र छात्रातर्फको दुबै खेलका फाइनलमा गोरखा मावि घोराहीले गोरखा मावि तुलसीपुरलाई २–० विरुद्ध सोझो […]
काठमाडौं । रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी लक्ष्मण पासवानको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । जलेको अवस्थामा भेटिएका पासवानलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले बताए । पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै […]
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दुई पाङ्ग्रे सवारीमा चालकले हेल्मेट नलगाएको पाइए इन्धन नदिन मातहतका निकायलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बुधबार मातहतका निकायलाई निर्देशन दिँदै बानियाँले इन्धन लिन आएका सवारीका चालकले हेल्मेट नलगाएको अवस्थामा इन्धन नदिन निर्देशन दिएका हुन् । बागमतीमा बढ्दो सवारी र दुर्घटनालाई न्यूनीकरण गर्न हेल्मेटको […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा न्यायाधीश सागर विष्टको इजलासमा परेको छ। बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा आफ्नो भागको बिगो बुझाउँदा पनि थुनामै पठाउने रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध रास्वपा सभापति रवि लामिछानेले उच्च अदालतमा सोमबार निवेदन दिएका थिए। त्यस्तै लामिछानेले जिल्लाको आदेश बदर गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को […]
रौतहट । रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी शरीर जलेको अवस्थामा भेटिएका छन् । आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर –६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्याएको छ र घटनाबारे अनुसन्धान जारी राखेको छ । […]
काठमाडौं । नेपाल सरकारले भुक्तानी गर्नुपर्ने सार्वजनिक ऋण पौने २७ खर्ब पुगेको छ । चालू आव ०८२/८३ को पहिलो महिना साउन मसान्तसम्ममा सरकारले तिर्न बाँकी कुल ऋण २६ खर्ब ८३ अर्ब ६० करोड रुपैयाँबराबर पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक रहेकोे छ । गत असार मसान्तसम्म सरकारले तिर्न बाँकी ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड थियो । […]