
ksb
Jns
Lks
Rgp
Rgp
Dus
Rgp
Lnp
Ggp
Rgp
Usb
Asb
Pbu
Sgp
Dbs
lnp
Ggp


काठमाडौं । नेपालमा सञ्चालन रहेका सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई अब सात दिनभित्र अनिवार्य रूपमा सूचीकरण गर्नुपर्ने भएको छ । यसबारे जानकारी गराउन सरकारले बिहीबार सार्वजनिक सूचना जारी गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रकाशित गर्दै हालसम्म सूचीकरण नभएका स्वदेशी वा विदेशी सामाजिक सञ्जाल प्लेटफर्मलाई तोकिएको समयसीमाभित्र मन्त्रालयमा सम्पर्क गरी सूचीकरण गर्न आग्रह गरेको छ । यसअघि अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासले नेपाल सरकारलाई सामाजिक सञ्जाल सञ्चालनपूर्व सूचीकरण गर्न लगाउने आदेश दिएको थियो। सो आदेशको पालना स्वरूप मन्त्रिपरिषद्ले भदौ ९ गते निर्णय गरी सूचना सार्वजनिक गरेको हो।
त्यस्तै मन्त्रालयका अनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनी वा व्यक्तिले नेपाल सरकारको ‘सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम निवेदन दिनुपर्नेछ। यसका लागि अनुसूची १ अनुसारको ढाँचा प्रयोग गरी आवश्यक कागजात संलग्न गर्नुपर्ने छ ।
त्यसैगरी,सूचीकरणका क्रममा नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनको निगरानी गर्ने अधिकारी तोक्नुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ । निर्देशनअनुसार तोकिएको समयसीमाभित्र सूचीकरण नगर्ने वा सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराइने र सूचीकरण गरेपछि पुनः सक्रिय गराइने व्यवस्था नेपाल दूरसञ्चार प्राधिकरणलाई दिइएको मन्त्रालयले जनाएको छ ।
