
Ssbus
Csbus
gms
Ddhbs
Amb
Nssbus7
Pbu
Ratbs
dsbus
Rbs
Bksbus5
Gsbus
Gsl
Jsbus

Tsm
Ggd
Rgu
Ssm
Hal
Asm
Rsb
Rgs
Pvg
Rgu
Bbbpu
Sbs
Ksm
nsb
Bbu
Vor
Wsp
Sls
Gst

Ptm
bbt
Jmb
Gsb
Rpp
Syp
sab
Bml
Jmb
Abd
Mks
Pls
Rmb
काठमाडौं । निजी विद्यालय सञ्चालकहरुले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरु प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् ।
विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरु निरन्तर आन्दोलनरत छन् । आन्दोलनका कार्यक्रम अन्तर्गतको पहिलो चरण आजबाट सकिएको छ ।
निजी विद्यालयले क्रमश: गैरनाफामूलक र पूर्ण छात्रवृत्ति विधेयकबाट हटाउनुपर्ने माग राखेका छन् ।
यस्ता छन् दोस्रो चरणका आन्दोलन :
१) मिति २०८२ भाद्र १२ गते बिहान ११ बजे हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाहरूको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बृहत खबरदारी सभा गर्ने। उपत्यकाको हकमा माइतीघरमण्डलामा भेला भई र्याली हुँदै कोण सभामा परिणत हुने ।
(२) मिति २०८२ भाद्र १४ र १५ गतेको आगामी कार्यक्रमका लागि आ–आफ्ना संस्थाहरूले व्यापक तयारी बैठक गर्ने ।
(२) मिति: २०८२ भाद्र १६ गते विहान ११ बजे देशैभरिका स्कूलबसहरूमा कालोझण्डा/व्यानर सहित विद्यालयको पायक पर्ने चोकमा उतारी नगर परिक्रममा गर्ने। काठमाडौं उपत्यकाको हकमा २७ किमी चक्रपथ वरिपरि तथा जिल्लाहरूमा प्रतिघण्टा २० किमीको गतिमा भव्य र्याली गर्ने। उक्त यात्रीमा सबै संगठनका केन्द्रीय/प्रदेश/जिल्ला र पालिकाका सम्पूर्ण पदाधिकारी, सदस्यहरू तथा सबै विद्यालय सञ्चालक, प्रिन्सिपलज्यूहरूको अनिवार्य उपस्थिति हुनुपर्नेछ ।
(४) मिति २०८२ भाद्र १७ गते आगामी कार्यक्रमका लागि आ–आफ्ना संस्थाहरूले व्यापक तयारी तथा समीक्षा बैठक गर्ने ।
(५) मिति २०८२ भाद्र १८ गते बिहान ११ बजे हरेक जिल्ला सदरमुकाममा आन्दोलनरत सबै संस्थाहरूको सदस्य विद्यालयहरूको अनिवार्य उपस्थितिमा बहुत खबरदारी सभा गर्ने। उपत्यकाको हकमा माइतीघर मण्डलामा भेला भई याली हुँदै कोण सभामा परिणत हुने ।
(६) मिति २०८२ भाद्र १८ गतेसम्म पनि हाम्रो मागको सकारात्मक सुनवाइ नभएमा अनिश्चितकालसम्मका लागि विद्यालय बन्दसम्मका कार्यक्रम घोषणा गर्ने ।
