
Gisld
Ksm
Rbs
Pbu
Gmk
Anm
Sds
mbd
Mbdvs

Vor
Pvg
Ksm
Sbs
nsb
Wsp
Tsm
Bbu
Rgs
Ssm
Rgu
Bbbpu
Hal
Gst
Ggd
Asm
Sls
Rsb
Rgu

Ptm
Gsb
sab
Jmb
Jmb
Abd
Rmb
bbt
Pls
Syp
Bml
Rpp
Mks
ललितपुर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। गत भदौ २४ गते फरार भएका सिन्धुलीको सुनकोशी गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौँको सुकेधारामा बस्दै आएका २५ वर्षीय प्रकाश मगरलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीका अनुसार मगरलाई प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–३ सानेपामा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो।
प्रहरीका अनुसार फरार भएपछि मगर लुकिछिपी बस्दै आएका थिए। उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ।
