लमही अस्पतालमा अत्याधुनिक ल्याब सेवाको उद्घाटन

दाङ । लमही अस्पतालमा अत्याधुनिक ल्याब सेवाको उद्घाटन गरिएको छ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले आज मंगलबार उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा प्रमुख चौधरीले बिरामीको अवस्थालाई ख्याल गर्दै अत्याधुनिक सेवाको आवश्यकता बढिरहेकोले ल्याब सेवालाई व्यवस्थित गराइएको उल्लेख गरे । उनले लमही नगरपालिकाले नागरिकलाई गुणस्तरीय उपचार उपलब्ध गराउन निरन्तर प्रयासरत रहेको पनि बताए । […]

बाँकेमा जेनजीद्वारा प्रभावित कार्यालयहरुको अनुगमनमा मुख्यमन्त्री आचार्य

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनका कारण आगजनीमा परेर प्रभावित भएका कार्यालयहरुको अनुगमनलाई निरन्तरता दिएका छन् । मंगलबार उनले बाँके जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरुको अनुगमन गरेका हुन् । अहिले पनि अनुगमन जारी रहेकाे छ । यसअघि अर्घाखाँची, प्यूठान र दाङ जिल्लाका प्रभावित कार्यालयहरुको पनि अनुगमन गरेका थिए । […]

माओवादी केन्द्र र जेनजी आन्दोलनको एजेण्डा समान रहेको माओवादी नेताहरुको निष्कर्ष

दाङ । नेकपा माओवादी केन्द्र र जेनजी आन्दोलनको एजेण्डा समान रहेको गढवामा आयोजित कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल ‘विश्वास’ले बताएका छन् । वडा नं. ६ को बैठकमा बोल्दै उनले जेनजी आन्दोलनलाई ऐतिहासिक र आवश्यक ठहर गर्दै देशमा बढ्दै गएको भ्रष्टाचार र राजनीतिक अस्थिरता अन्त्य गर्न यस्तो […]

गोरखा स्कुल लमहीको आयोजनामा दुई दिने तेस्रो दशै मिलन भलिबल प्रतियोगिता सुरु

दाङ । गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीको आयोजनामा तेस्रो दसैं मिलन भलिबल खेलकुद प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।गोरखा ग्रुप दाङका अध्यक्ष बिष्णु घर्ती मगरको अध्यक्षतामा उद्घाटन भएको खेलकुद प्रतियोगिता राप्ती गाउँपालिका, गढवा गाउँपालिका,देउखुरी उद्योग बाणिज्य संघ,प्याब्सन लमही नगर,देउखुरी भलिबल क्लब,शिक्षक महासंघ लमही र आयोजक टिम,नेपाल प्रहरी गरि ८ वटा टिम समावेश गरिएको विद्यालयले जनाएको […]

नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ को बैठक सम्पन्न

दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ को नियमित बैठक सोमबार आज लमहीमा सम्पन्न भएको छ । बैठकले विभिन्न राजनीतिक,सामाजिक र संगठनात्मक विषयमा निर्णय गरेको क्षेत्रीय प्रवक्ता अजय न्यौपानेले जानकारी दिए । बैठकले आउँदै गरेको बडादसैं, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ । त्यस्तै जेनजी पुस्ताले उठाएका मागलाई सकारात्मक […]

कक्षा ६ मा अध्ययनरत नानीहरुद्वारा स्वरबद्ध माता जगदम्बाको भजन गीत सार्वजनिक

काठमाडौं । कक्षा ६ मा अध्ययनरत तीन जना छात्राले स्वरबद्ध गरेको माता जगदम्बाको भजन गीत सार्वजनिक भएको छ । भक्तपुर निस्ट स्कुलमा अध्ययनरत सौम्या आचार्य, आरोशी बराल र विदिता भट्टराईको स्वरमा माता जगदम्बाको भजन घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको हो । भक्तपुर निस्ट स्कुलमा सोमबार एक कार्यक्रमका बीच प्रिन्सिपल दिलिप रानाले औपचारिक रुपमा भजन सार्वजनिक […]

नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथग्रहण

काठमाडौं । नवनियुक्त चार मन्त्रीहरुले शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । त्यस्तै पूर्वन्यायाधीश अनिलकुमार सिन्हा,राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन,पत्रकार जगदिश खरेल,विज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् । सिन्हाले उद्योग,कानुन र भूमि मन्त्रालय,पुनले शिक्षा विज्ञान तथा प्रविधि,खरेलले सञ्चार तथा सूचना र परियारले […]

आजदेखि बडादशैं सुरु:विधिपूर्वक दियो,कलश र गणेश स्थापना गरी घटस्थापना गरिदै

काठमाडौं । आजबाट नेपालीहरुको महान पर्व बडादशैं सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो,कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र […]

राष्ट्रपति समक्ष ५ जना मन्त्रीहरुको नाम सिफारिस,शपथ भोलि हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरुको नाम आइतबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेकी छिन् । उनले आफ्नो समूहमा साँझ गहन छलफल गरेपछि पूर्वन्यायाधीश अनिल कुमार सिन्हा,पत्रकार जगदीश खरेल,अतिरिक्त सचिव डा.संगिता मिश्रा,वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक समेत रहेका डा.मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति पौडेल समक्ष सिफारिस गरेकी हुन् । […]

माओवादी केन्द्र राप्तीको पदाधिकारी बैठक सम्पन्न

दाङ । नेकपा (माओवादी केन्द्र) राप्ती गाउँ समितिको पदाधिकारी बैठक आइतबार मौरीघाटमा सम्पन्न भएको छ। बैठक गाउँ समितिका अध्यक्ष रणबहादुर पुजाली ‘राजेन्द्र’को अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बैठकमा पछिल्लो जेन–जी आन्दोलनपछि उत्पन्न समसामयिक राजनीतिक परिस्थिति र त्यसका चुनौतीबारे समीक्षा गरिएको थियो। साे अवसरमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]