
Srbpu
Lnp
Rgp
Pbu
Unsku
Rgp1
sbs
pku
Djs
Pes
Sgr
Gfs
Ggp
cjs

Wsp
Rsb
Gst
Rgu
Sls
Asm
Ssm
Sbs
Rgs
Bbu
Ggd
Pvg
Bbbpu
Ksm
Tsm
nsb
Hal
Rgu
Vor

Pls
Ptm
Syp
Bml
bbt
Jmb
Abd
Gsb
sab
Rmb
Rpp
Mks
Jmb
दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ को नियमित बैठक सोमबार आज लमहीमा सम्पन्न भएको छ । बैठकले विभिन्न राजनीतिक,सामाजिक र संगठनात्मक विषयमा निर्णय गरेको क्षेत्रीय प्रवक्ता अजय न्यौपानेले जानकारी दिए ।
बैठकले आउँदै गरेको बडादसैं, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ । त्यस्तै जेनजी पुस्ताले उठाएका मागलाई सकारात्मक ठहर गर्दै बैठकले अराजक तत्वले देशभर गरेको तोडफोड,आगजनी र धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । साथै पार्टी सभापति शेरबहादुर देउवा सहितका नेतामाथि भएको भौतिक आक्रमणको घोर निन्दा गर्दै आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
त्यसैगरी लमही स्थित रातोडाँडामा रहेको वीपी स्मृति भवनमा जेनजी आन्दोलनका क्रममा भएको क्षतिलाई मध्यनजर गर्दै सहयोगका लागि नेता तथा कार्यकर्तालाई आह्वान गर्ने निर्णय पनि बैठकले गरेको छ । काङ्ग्रेसका युवा नेता लालवीर खड्काबाट १ थान टेबल, राजेन्द्र श्रेष्ठबाट कार्यालयको मुख्य द्वार निर्माण, गोविन्द रेग्मीबाट २५ थान कुर्सी र इश्वरप्रकाश श्रेष्ठबाट एक थान स्टिल दराज उपलब्ध भएको छ । सहयोग गर्ने नेता तथा कार्यकर्तालाई धन्यवादपत्र प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले पार्टीका विभिन्न तहमा सक्रिय र क्रियाशील कार्यकर्ताहरुको निधनप्रति समवेदना प्रकट गर्ने निर्णयसमेत गरेको छ । क्षेत्रीय सभापति भेषराज पाण्डेको सभापतित्वमा बैठक सम्पन्न भएको हो ।
