
Rgp1
Lnp
Gfs
Unsku
Pbu
Ggp
Sgr
Rgp
sbs
Pes
Srbpu
Djs
pku
cjs

Bbbpu
nsb
Rgs
Bbu
Sls
Ssm
Tsm
Vor
Rsb
Wsp
Ggd
Rgu
Hal
Sbs
Rgu
Ksm
Gst
Pvg
Asm

Pls
Abd
sab
Ptm
Mks
Syp
Rmb
bbt
Jmb
Jmb
Rpp
Gsb
Bml
दाङ । लमही अस्पतालमा अत्याधुनिक ल्याब सेवाको उद्घाटन गरिएको छ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले आज मंगलबार उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा प्रमुख चौधरीले बिरामीको अवस्थालाई ख्याल गर्दै अत्याधुनिक सेवाको आवश्यकता बढिरहेकोले ल्याब सेवालाई व्यवस्थित गराइएको उल्लेख गरे । उनले लमही नगरपालिकाले नागरिकलाई गुणस्तरीय उपचार उपलब्ध गराउन निरन्तर प्रयासरत रहेको पनि बताए ।
लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले अत्याधुनिक ल्याब सेवाको उद्घाटन कार्यक्रममा अब बिरामीले महँगो शुल्क तिरेर बाहिरी संस्थामा चेकजाँच गर्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरेकि छिन् । उनले नगरवासीलाई लक्षित गर्दै अस्पतालमै सर्वसुलभ दरमा सेवा उपलब्ध हुने भएकाले स्वास्थ्य उपचारमा सहजता आउने बताइन् । उपप्रमुख योगीले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा थप प्रभावकारी कार्यक्रम ल्याउने प्रतिवद्धता पनि जनाइन् ।
लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले लमही अस्पतालमा स्थापना गरिएको अत्याधुनिक ल्याब सेवा जिल्लामै उदाहरणीय हुने दाबी गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत देवकोटाले ल्याब सेवामार्फत स्थानीयले भरपर्दो र सहज उपचार सुविधा पाउने विश्वास व्यक्त गरे । उनले लमही अस्पतालले ल्याब सेवामा गुणस्तरीय सेवा प्रदान गर्दै जाने कुरामा आफू विश्वस्त रहेको पनि बताए ।
लमही नगरपालिका वडा नम्बर–४ का वडा अध्यक्ष सुवास न्यौपानेले लमही अस्पताल क्रमिक रुपमा सुधारोन्मुख हुँदै गएको बताए । अस्पताल व्यवस्थापन समितिका सदस्यसमेत रहेका उनले दैनिक बिरामीको चाप बढ्दै गएकाले भौतिक पूर्वाधार विस्तारमा समिति र नगरपालिकाले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।
अस्पताल व्यवस्थापन समितीका सदस्य अजय न्यौपानेले अस्पतालले प्रदान गर्दै आएको सेवाप्रति स्थानीयवासीको विश्वास बढ्दै गएको बताए । आगामी दिनमा अझ प्रभावकारी सेवा सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा सदस्य न्यौपानेको जोड रहेको छ ।
लमही अस्पतालले थाईराइडका बिरामी पत्ता लगाउन अहिले लुमिनोमेट्रीक इम्युनोएससे ( क्लिया ) नामक नयाँ प्रविधि भित्र्याएको छ । अब देउखुरी क्षेत्रमा रहेका थाइराइडका बिरामीहरुलाई चेकजाँचका लागि बाहिर जानू पर्ने बाध्यता हट्ने भएको छ ।
लमही अस्पतालका ल्याब टेक्सिनिसियन निरीक्षक शंकर भण्डारीले दिएको जानकारी अनुसार लुमिनोमेट्रीक इम्युनोएससे टेक्नोलोजी मार्फत अब लमही अस्पतालमा थाइराइड हर्मोनको चेकजाँच हुनेछ । यो टेक्नोलोजीबाट क्यान्सर मार्कर, कार्डिएक मार्कर,भिटामिन डि,भिटामिन वि १२, सिआरपि,एलडिएच,अटो इम्युनोडिजिज सम्बन्धि पनि यो मेसिनबाट चेकजाँच गर्न सकिन्छ तर अहिले थाइराइड मात्र चेकजाँच हुँदै आएको छ । अन्य चेकजाँचका लागि केमिकल ल्याएपछि सुरुवात गरिने भएको छ ।
त्यस्तै उक्त प्रविधिबाट एक पटकमा १५ वटा फरक चेकजाँच हुनुका साथै १ सय ४४ जना बिरामीको समेत एकै पटक चेकजाँच गर्न सकिन्छ ।
