
Rgp
Sgp
Lks
Dus
Rgp
Ggp
ksb
Jns
Asb
Usb
Rgp
Lnp
Rgp
lnp
Ggp

lms

काठमाडौं । नवनियुक्त चार मन्त्रीहरुले शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।
त्यस्तै पूर्वन्यायाधीश अनिलकुमार सिन्हा,राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन,पत्रकार जगदिश खरेल,विज्ञ मदन परियारले मन्त्रीको शपथ लिएका हुन् । सिन्हाले उद्योग,कानुन र भूमि मन्त्रालय,पुनले शिक्षा विज्ञान तथा प्रविधि,खरेलले सञ्चार तथा सूचना र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् ।
यस्तै अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम पनि मन्त्रीका लागि सिफारिस गरिएको थियो । तर,मिश्राको भने अन्तिम समयमा आएर ‘होल्ड’ हुने भएको छ ।पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । प्रधानमन्त्री कार्कीसहित उनको ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।
त्यस्तै शपथ ग्रहण समारोहमा सहभागी हुन सभामुख देवराज घिमिरे,राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल,प्रधानमन्त्री सुशीला कार्की लगायतका उच्च पदस्थको उपस्थिति छ ।
