केपी ओली र रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा थालियो अभियान

काठमाडौं । जेनजी आन्दोलनबाट सत्ता गुमाएका निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा काङ्ग्रेस नेता रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाइएको छ । हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङ लगायतले सामाजिक सञ्जालमा यससम्बन्धि अभियान सुरु गरेका छन् । अन्य जेनजी अगुवाहरुले पनि सामाजिक सञ्जालमा ओली र […]

आशाका किरण संस्थाद्वारा मृतक परिवारलाई खाद्यन्न सहयोग

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले एक मृतक घरपरिवारलाई खाद्यन्न सहयोग गरेको छ । गढवा गाउँपालिका वडा नम्बर १ बनघुस्री निवासी आर्थिक अवस्था निकै कमजोर भएको साथै गत असोज १६ श्रीमति गुमाएका गोवर्धन कुमालको परिवारलाई आइतवार सो संस्थाले ५ हजार बराबरको विभिन्न खाद्य सामग्रीहरु हस्तान्तरण गरेको छ । ज्वरोका कारण बुटवल स्थित […]

आन्दोलनका क्रममा भागेका कैदीबन्दी आजसम्म कारागार नभर्किए थप सजाय हुने

काठमाडौं । गत भदौ २४ गतेमा कारागारबाट भागेका कैदीबन्दीलाई कारागार प्रशासनले आजसम्म फर्कने अन्तिम म्याद दिएको छ । आजसम्म नफर्कनेमाथि कारागार नियमावलीअनुसार थप सजाय हुने भएको छ । त्यस्तै गत असोज १० मा बसेको गृह मन्त्रालयको बैठकले २० असोजसम्म कारागार फर्कनेलाई थप सजाय नहुने निर्णय गरेको थियो । तर, अझै करिब ६ हजार कैदीबन्दी कारागारबाहिर छन् । २४ भदौमा […]

आज कोजाग्रत पूर्णिमा:बडा दशैंलाई बिदा,लक्ष्मीलाई स्वागत गरि मनाइँदै

काठमाडौं । आज कोजाग्रत पूर्णिमा, बडा दशैंलाई बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त हुन्छ । आजको दिन साँझ महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका […]

विपद जोखिम नरहेका जिल्लाहरुमा सरकारी कार्यालय सञ्चालन गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले विपदको जोखिम नरहेका तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरुमा सरकारी कार्यालय सुचारु गर्न गराउन निर्देशन दिएको छ । देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै मन्त्रालयले उक्त निर्देशन दिएको हो । सरकारले यसअघि विपदको सम्भावित जोखिम कारण आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा दिएको थियो । तर बाढी पहिरोका कारण राजमार्गहरु अवरुद्ध […]

अविरल वर्षाका कारण इलाममा पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या ३७,सबैको सनाखत

इलाम । इलाममा अविरल वर्षासँगै गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या हालसम्म ३७ पुगेको छ । पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीन जनाको शव प्राप्त भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । पहिरोमा परी ज्यान गुमाउनेमा माईजोगमाई गाउँपालिका–६ का २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया […]

नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी आवागमन सहज बन्यो

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने तुइन खोलामा आएको पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रुपमा खुलेको छ । पहिरोका कारण हिजोदेखि अवरुद्ध सडक आज दिउँसोबाट खुलेको हो । तुइनखोलामा गएको पहिरो सबै पन्छाइसकिएको छ । अहिले उक्त सडकखण्डमा गाडीहरू सहज आवागमन भइरहेका छन् । त्यस्तै देशभर भएको अविरल वर्षापछि चितवन हुँदै जाने सवारीसाधनलाई रोक […]

इलामका विभिन्न स्थानमा पहिरोले १८ जनाको मृत्यु,प्रहरीद्वारा उद्धार कार्य जारी

इलाम । इलाममा आएको पहिरोले १८ जना मानिसको ज्यान लिएको छ। कोशी प्रदेश प्रहरीका प्रवक्ता दीपक पोख्रलेलका अनुसार सूर्योदय नगरपालिका वडा नम्बर – १ मानेभञ्ज्याङमा ५, माङसेवुङ गाउँपालिका- १ पाटिगाउँमा ३, देउमाई नगरपालिका – ५ धारेमा १, देउमाई- ५ धुसुनेमा २, फाकफोकथुम गाउँपालिका- ३ रातमाटेमा १ र इलाम नगरपालिका- ५ घोसगाउँमा ६ जना गरि १८ […]

वर्षाका बाबजुद मान्यजनबाट नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम जारी

काठमाडौँ । शुक्रबार बेलुकादेखिको वर्षाका बाबजुद मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । यस वर्ष असोज २० गते सोमबार कोजाग्रत पूर्णिमा अखिल बलि पूर्ति परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको […]

गृह मन्त्रालयद्वारा सिडिओ र सुरक्षा प्रमुखलाई २४ घण्टै कार्यालयमा बस्न निर्देशन

काठमाडौं । गृह मन्त्रालयले प्रतिकूल मौसमको अवस्थालाई मध्यनजर गर्दै बर्षातका कारण बाढी, पहिरो तथा डुबानको जोखिममा रहेका जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुखहरू २४ सै घण्टा कार्यालयमा उपलब्ध हुन निर्देशन दिएको छ । मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै विपदको व्यवस्थापनमा जुट्न निर्देशन दिएको छ । राजमार्गमा रोकिएका सवारी साधनलाई […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]