
Usb
Sgp
Dbs
Rgp
Dus
Lnp
Pbu
Rgp
ksb
Lks
Ggp
Asb
Rgp
Ggp
Rgp
Jns
lnp


काठमाडौं । गृह मन्त्रालयले प्रतिकूल मौसमको अवस्थालाई मध्यनजर गर्दै बर्षातका कारण बाढी, पहिरो तथा डुबानको जोखिममा रहेका जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुखहरू २४ सै घण्टा कार्यालयमा उपलब्ध हुन निर्देशन दिएको छ ।
मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै विपदको व्यवस्थापनमा जुट्न निर्देशन दिएको छ । राजमार्गमा रोकिएका सवारी साधनलाई सडक र मौसमको अवस्था अनुसार गन्तव्यसम्म पुर्याउने सहजीकरण गर्ने र आवश्यकता अनुसार यात्रुहरुलाई स्थानीय तह तथा संघसंस्थाहरुसँगको समन्वयमा खानपानको व्यवस्था मिलाउन समन्वय गर्न पनि निर्देशन दिएको छ ।
त्यस्तै राजमार्गमा रोकिएका एम्बुलेन्सलाई अवस्था हेरी सुरक्षित रुपमा गन्त्व्यसम्म पुग्न सहयोग गर्न र बाटोमा अलपत्र परेका गर्भवती महिलाहरुको हकमा नजिकको बर्थिङ सेन्टरसम्म पुर्याउने व्यवस्था मिलाउन पनि गृहले निर्देशन दिएको छ ।
यस्तै बाढी,पहिरोको जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका व्यक्ति तथा परिवारलाई स्थानीय पालिकासँगको समन्वयमा नजिकको विद्यालय एवं खुला स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन पनि भनिएको छ ।
