Sidha Patra सोमबार, आश्विन २०, २०८२

काठमाडौं । गत भदौ २४ गतेमा कारागारबाट भागेका कैदीबन्दीलाई कारागार प्रशासनले आजसम्म फर्कने अन्तिम म्याद दिएको छ । आजसम्म नफर्कनेमाथि कारागार नियमावलीअनुसार थप सजाय हुने भएको छ ।

त्यस्तै गत असोज १० मा बसेको गृह मन्त्रालयको बैठकले २० असोजसम्म कारागार फर्कनेलाई थप सजाय नहुने निर्णय गरेको थियो । तर, अझै करिब ६ हजार कैदीबन्दी कारागारबाहिर छन् । २४ भदौमा करिब १३ हजार कैदीबन्दी कारागारबाट भागेका थिए । भागेकामध्ये आधा फर्किए पनि आधा अझै बाहिरै छन् ।

कारागार व्यवस्था विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार सोमबारसम्म कारागार नफर्कने कैदीबन्दीलाई कारागार ऐन, २०७९ अनुसार कारबाही हुनेछ । जसअनुसार कारागारबाट भागेको कसुरमा उनीहरूमाथि ५० प्रतिशतसम्म सजाय थप हुनेछ ।

त्यस्तै कारागारबाट फरार भएका कैदीबन्दी पक्राउ गर्न हरेक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरिएको छ । समितिलाई खोजतलास र निगरानीलाई सघन बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ । फरार कैदीबन्दीलाई लुकाउनेलाई समेत कारबाही गरिने विभागले जनाएको छ । साथै कारागारबाट भागेका बन्दीहरू कतै देखेमा नजिकको प्रहरीमा खबर गर्न आग्रह समेत गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]