
Asbus
Sdc
Msbus
Ksbus
Ggp
Ggp
Rgp
Ksbus
Lnp
रुपन्देही । लुम्बिनी सरकारको बजेटप्रति सत्ता पक्षकै सांसद र प्रतिपक्षी दलहरूले विरोध जनाउँदै पुनर्लेखन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिएका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि आजदेखि छलफल सुरु भएको थियो । सोमबारका लागि निर्धारित प्रदेश सभाको बैठक सांसदहरूको असन्तुष्टिपछि आजका लागि सारिएको थियो । बजेटमाथिको छलफलमा सत्ता पक्ष नेपाली कांग्रेस, जनमत पार्टी […]
दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३\०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की ले सोमवार प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ, चालुतर्फ […]
कास्की । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट लेखन अन्तिम चरणमा पुर्याएको छ । सोमबार प्रदेश सभामा अर्थमन्त्री जितबहादुर शेरचनले आगामी वर्षको बजेट प्रस्तुत गर्नेछन् । गण्डकी सरकारले आगामी वर्षका लागि करिब ३३ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्न लागेको छ । सुरुमा २८ अर्बको बजेट ल्याउने बताएको सरकारले संघको अनुदान केही बढेको […]
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटमा चालु खर्चतर्फ ५९.८ प्रतिशत, पुँजीगत तर्फ २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १९.९ प्रतिशत रकम विनियोजन गरिएको छ। सरकारले आन्तरिक […]
दाङ । एभरेस्ट बैंक लिमिटेड लमही शाखाले दृष्टिविहीनता न्यूनीकरणका लागि आर्थिक सहयोग गरेको छ । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत सञ्चालित लमही आँखा अस्पताललाई एभरेस्ट बैंक लिमिटेडले पाँच लाख रकम बिहीबार सहयोग गरेको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डा.सम्शेर थापाले जानकारी दिए । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत […]
काठमाडौं । नेपाल सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार आज बसेको मन्त्रिपरिषद् बैठकले परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगहरुलाई कर्जा उपलब्ध गराउन र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व ऋण र अनुदान […]
काठमाडौं — नेपाल आयल निगमले डिजेल, मट्टितेल तथा हवाई इन्धनको मूल्यमा उल्लेखनीय वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले मध्यरात अर्थात् वैशाख ३ गतेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ। […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको बजेट प्रदेशको वास्तविक अवस्था अनुसार तयार गरिने बताएका छन् । सोमबार राप्ती उपत्यका (देउखुरी) मा आयोजित संसदीय बजेट कार्यालयसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले बजेटलाई यथार्थपरक र कार्यान्वयनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।‘हाम्रो अवस्था जे छ, त्यही आधारमा बजेट ल्याउँछौं । अघिल्लो वर्ष प्रयास गरे […]
काठमाडौं । नेपाल सरकारले झण्डै २८ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा स्वीकार गरेको छ । दुई परियोजनाका लागि मन्त्रिपरिषद बैठकले यस्तो सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने निर्णय लिएको हो । अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर ऋण लिनेछ । त्यस्तै, […]
काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोल भने बढेको छ । सोमबारको तुलनामा आज सुन तोलामा रु ९०० ले घटेको छ भने चाँदी रु २५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ९०० तथा एक […]