मुख्यमन्त्री आचार्यद्वारा रुपन्देहीमा जेन-जी आन्दोलनबाट प्रभावित संरचनाको अनुगमन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन-जी आन्दोलनका कारण रुपन्देही जिल्लामा क्षति पुगेका कार्यालय,व्यावसायिक भवन, राजनीतिक दलका कार्यालय तथा निजी घरहरुको अनुगमन गरेका छन् । भदौ २३ र २४ गते भएको आन्दोलनमा आगजनीका कारण सेवा प्रवाह प्रभावित भएपछि मुख्यमन्त्री आचार्यले प्रभावित कार्यालयको अवस्था बुझ्न अनुगमनलाई निरन्तरता दिएका हुन् । यसअघि अर्घाखाँची, प्यूठान, दाङ र […]

विदेशमा रहेका नेपालीहरुको चाहाना अनुसार पुनर्निर्माण कोष बनाइएको हो:अर्थमन्त्री

काठमाडौं । नेपाल सरकारले जेन-जी आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचना निर्माण गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोष बनाएको छ । गत २०८२ भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई खर्बौंको क्षति भएपछि सरकारले स्रोतको अभावमा सहायता लिन लागेको हो । त्यस्ता भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान र राहत लगायतका […]

आज वडादशैँको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

काठमाडौं । आज असोज शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष असोज शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । त्यस्तै नवदुर्गामध्येकी […]

सरकारी खर्च घटाउन चालु बजेटमा व्यापक कटौती

काठमाडौं । सरकारी खर्च घटाउन अर्थमन्त्री रामेश्वर खनालले चालु प्रकृतिको बजेटमा व्यापक कटौती गरेका छन् । पूँजीगत बजेटतर्फ खुद्रे आयोजनामा विनियोजन भएको बजेट रोक्का राख्ने निर्णय गरेका अर्थमन्त्री खनालले चालुतर्फ भने थुप्रै सुधारात्मक कटौती गरेका छन् । त्यस्तै आन्दोलन अगाडिको सरकारले ल्याएको बजेटबाटै आगामी आवश्यकता पूरा गर्न खर्चको जोहो गर्नुपर्ने दबाबमा उनी छन् । आम […]

दुई थान पेस्तोल र २८ राउण्ड गोली सहित २ जना पक्राउ

काठमाडौं । कैलालीबाट २ थान पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेहरूमा कैलालीको गौरीगंगा नगरपालिका–१ का १९ वर्षीय समिर खड्का र १९ वर्षीय आभाष चन्द रहेका छन् । उनीहरूलाई गौरीगंगा–१ बाट पक्राउ गरिएको प्रहरीले बताएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती र इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको […]

गोरखा स्कुल लमहीद्वारा आयोजित भलिबल प्रतियोगितामा गढवा गाउँपालिका विजयी

दाङ । गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीद्वारा आयोजित तेस्रो दसैं मिलन भलिबल खेलकुद प्रतियोगितामा गढवा गाउँपालिकाले विजयी हासिल गरेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा गढवाले संयुक्त प्रहरीको टोलीलाई पराजित गर्दै पहिलो स्थानमा आफ्नो नाम लेखाएको हो । संयुक्त प्रहरीले उपविजेतामा चित्त बुझाएको छ । विद्यालयले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि प्रतियोगिताको आयोजना गरेको […]

लमही अस्पतालमा अत्याधुनिक ल्याब सेवाको उद्घाटन

दाङ । लमही अस्पतालमा अत्याधुनिक ल्याब सेवाको उद्घाटन गरिएको छ । लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले आज मंगलबार उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा प्रमुख चौधरीले बिरामीको अवस्थालाई ख्याल गर्दै अत्याधुनिक सेवाको आवश्यकता बढिरहेकोले ल्याब सेवालाई व्यवस्थित गराइएको उल्लेख गरे । उनले लमही नगरपालिकाले नागरिकलाई गुणस्तरीय उपचार उपलब्ध गराउन निरन्तर प्रयासरत रहेको पनि बताए । […]

बाँकेमा जेनजीद्वारा प्रभावित कार्यालयहरुको अनुगमनमा मुख्यमन्त्री आचार्य

बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनका कारण आगजनीमा परेर प्रभावित भएका कार्यालयहरुको अनुगमनलाई निरन्तरता दिएका छन् । मंगलबार उनले बाँके जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरुको अनुगमन गरेका हुन् । अहिले पनि अनुगमन जारी रहेकाे छ । यसअघि अर्घाखाँची, प्यूठान र दाङ जिल्लाका प्रभावित कार्यालयहरुको पनि अनुगमन गरेका थिए । […]

गोरखा स्कुल लमहीको आयोजनामा दुई दिने तेस्रो दशै मिलन भलिबल प्रतियोगिता सुरु

दाङ । गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीको आयोजनामा तेस्रो दसैं मिलन भलिबल खेलकुद प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।गोरखा ग्रुप दाङका अध्यक्ष बिष्णु घर्ती मगरको अध्यक्षतामा उद्घाटन भएको खेलकुद प्रतियोगिता राप्ती गाउँपालिका, गढवा गाउँपालिका,देउखुरी उद्योग बाणिज्य संघ,प्याब्सन लमही नगर,देउखुरी भलिबल क्लब,शिक्षक महासंघ लमही र आयोजक टिम,नेपाल प्रहरी गरि ८ वटा टिम समावेश गरिएको विद्यालयले जनाएको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]