
Pbu
Pes
Gfs
Djs
Ses
Sgr
Ggp
Unsku
cjs
Rgp
pku
Srbpu
Rgp1
Lnp
दाङ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी बनाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । त्यस्तै पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका– १७ घर भई हाल काठमाडौं तारकेश्वर– ८ शान्तिटोल ४३ वर्षीय यमबहादुर बस्नेत,झापा कचनकबल गाउँपालिका– ३ घर भई हाल ललितपुर महालक्ष्मी– १ इमाडोल बस्ने ५१ वर्षीय […]
दाङ । लुम्बिनी प्रदेशमा सार्वजनिक शिक्षामा लगानी, अवस्था,चुनौती र अवसरः प्रदेश स्थानीय सरकार तथा नागरिक समाजको भूमिका बहस–संवाद कार्यक्रम बुधबार भालुवाङमा सम्पन्न भएको छ । सिदार्थ सामाजिक विकास केन्द्र (एसएसडिसी) कपिलबस्तुको आयोजना तथा एक्सन एडको सहयोग र एनसिइको सहकार्यमा लुम्बिनी प्रदेशमा सार्वजनिक शिक्षामा लगानी,अवस्था,चुनौती र अवसरःप्रदेश स्थानीय सरकार तथा नागरिक समाजको भूमिका बहस–संवाद कार्यक्रम सम्पन्न भएको […]
दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात,गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । देउखुरीमा गढवा गाउँपालिका -१,टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् । त्यस्तै चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै गुणस्तर नभएको […]
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका वडा नम्बर -३ बस्ने गोरखा भिमसेननाथ गाउँपालिका-२ घर भएका ४३ वर्षीय खडानन्द लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै लामिछानेले कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं […]
दाङ । रुकुमपूर्वमा भरुवा बन्दुकसहित ३ जना पक्राउ परेका छन् । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर –८,बाट भरुवा बन्दुक २ थान र सोही बन्दुकमा प्रयोग हुने बारुद सहित ३ जनालाई आइतबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । त्यस्तै पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–८,खराङ बस्ने ३० वर्षीय शेरबहादुर थापा,४३ वर्षीय यमप्रसाद पुन र ४८ […]
दाङ । एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरिएको छ । जिल्लामा एम्बुलेन्सको भाडादरमा एकरुपता ल्याउँदै नागरिकको सहजताका लागि जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरेको हो । एम्बुलेन्सको भाडा मनोमानी ढङ्गले आफू खुसी लिने गर्दा त्यसको मारमा सर्वसाधारण नागरिक पर्ने गरेको जनगुनासो बढेपछि २०८२ असोजको २९ गते बसेको समितिको बैठकले भाडादर निर्धारणका लागि जिल्ला […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका–२ लालमटिया टुडिखेलमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक,पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन हुन लागेको छ । राप्ती उद्योग वाणिज्य संघ भालुवाङले यहि पुस २५ गतेदेखि माघ ११ गते सम्म महोत्सव लगाउन लागेको हो । संघले सोमवार भालुवाङमा पत्रकार सम्मेलन गरेर महोत्सव सञ्चालन गर्ने विषयमा जानकारी गराएको छ । लुम्बिनी प्रदेशको […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २, बेला स्थित मृगौला र दुवै आँखा गुमाएका सुरेन्द्र पुनलाई अर्थिक सहयोग गरिएको छ ।समाजसेवी मानबहादुर बुढाको पहलमा हाल अमेरिकामा बसोबास गर्दै आएका दस जनाले संकलन गरेर पठाएको कुल ९३ हजार एक सय पचास रुपैयाँ आइतबार हस्तान्तरण गरिएको हो । प्रदान गरिएको सहयोग रकम अमेरिकी डलरमा:- १. महेन्द्र […]
काठमाडौँ । ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा निर्माणाधीन विकास आयोजनाहरुको निरीक्षण तथा राजनीतिक भेटघाटका लागि चार दिने भ्रमणमा निस्कने भएका छन् । मन्त्री घिसिङ आज बेलुका काठमाडौँबाट धनगढी प्रस्थान गरी पुस ३ गतेसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामामा निर्माणाधीन आयोजनाहरुको अनुगमनमा जान लागेका हुन् । मन्त्रीको सचिवालय दिएको भ्रमण […]