
Csb
Rsb
gis
Ppu
Ssb
Gsb
mss

Ssb
Tsb

Rgu
Nps
दाङ । देउखुरीको लमही बसपार्कमा रहेको शौचालयका ठेकेदारले शौचालय प्रयोग गरेबापत प्रतिव्यक्ति १० रुपैयाँ असुल गर्दै आएको जनगुनासो आएको छ ।
लमही नगर विकास समितीद्वारा निर्माण गरिएको टर्मिनल भवन सञ्चालनका लागि ठेक्का आह्वान गरिएको थियो । उक्त ठेक्का लमही नगरपालिका–३ निवासी विमला डाँगीको नाममा सदर भए पनि शौचालय भने अर्कै व्यक्तिलाई पेटी ठेक्काका रुपमा दिई लामो समयदेखि सञ्चालन हुँदै आएको छ ।
टर्मिनल भवनका ठेकेदार र लमही नगर विकास समितिबीच भएका सम्झौताअनुसार शौचालय प्रयोग गर्दा पिसाब गरेको प्रतिव्यक्ति ५ रुपैयाँ र दिशा गरेको प्रतिव्यक्ति १० रुपैयाँ शुल्क लिने व्यवस्था गरेको नगर विकास समितिले जनाएको छ । तर पेटी ठेक्कामा लिएका व्यक्तिले घाटा हुने कारण देखाउँदै शौचालय प्रयोग गरेबापत सबैबाट १० रुपैयाँ असुल गर्दै आएको यात्रुहरुको गुनासो छ ।
यात्रुहरुका अनुसार सम्झौतामा उल्लेख भएअनुसार शुल्क नलिई मनोमानी रुपमा रकम असुली गरिएको छ । शौचालय प्रयोग गर्दा लाग्ने शुल्क लेखिएको बोर्ड भएपनि ठेकेदारले कहिले स्टिकर टाँसेर त कहिले कपडाले ढाकेर शुल्क लुकाउने गरेको आरोप छ ।
यस विषयमा लमही नगर विकास समितिले सम्झौता विपरीत काम भइरहेको र पटक–पटक त्यसो नगर्न सुझाव दिँदै आएपनि ठेकेदारले अटेरी गर्दै आएको जनाएको छ । त्यस्तै अजम्मरी सामुदायिक वन समितिद्वारा संचालित सार्वजनिक शौचालयमा पनि यस्तै समस्या छ । शौचालयका ठेकेदार र सामुदायिक वनसंग पिसाब गरेको ५ रुपैयाँ र दिशा गरेको १० रुपैयाँ लिने सम्झौता छ भने ठेकेदारले १० रुपैयाँ लिदै आएका छन् ।
