
Rbs
mbd
Gisld
Mbdvs
Pbu
Sds

Wsp
nsb
Rgs
Asm
Gst
Bbbpu
Rsb
Tsm
Rgu
Sls
Rgu
Ggd
Pvg
Bbu
Ssm
Sbs
Ksm
Vor
Hal

Jmb
sab
Syp
Bml
Rpp
Jmb
Pls
Rmb
Gsb
Mks
bbt
Ptm
Abd
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीहरूलाई प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
मङ्गलबार आज आयोजित सत्ता गठबन्धन दलको बैठकमा बोल्दै उनले आफ्नो जिम्मेवारीप्रति गम्भीर भएर परिणाम देखिने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका हुन् । उनले जनताले सरकारबाट अपेक्षा गरेको सेवा प्रवाहलाई छिटो, पारदर्शी र उत्तरदायी बनाउन आवश्यक रहेकाले त्यसतर्फ सम्बन्धित मन्त्रालयका मन्त्रीले विशेष ध्यान दिनुपर्ने बताए ।
त्यस्तै,बैठकमा सरकारका गतिविधि, विकास आयोजना तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइन्छ ।रासस
