
mbd
Rbs
Sds
Pbu
Gisld
Mbdvs

Gst
Rgs
Wsp
Rsb
Bbbpu
Vor
Pvg
Sbs
Ssm
nsb
Tsm
Asm
Rgu
Hal
Sls
Rgu
Ksm
Bbu
Ggd

Bml
Ptm
Pls
Gsb
Jmb
Mks
Syp
bbt
Jmb
sab
Rpp
Abd
Rmb
दाङ । अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने ९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले जेठ २१ गतेदेखि २५ गतेसम्म दाङका विभिन्न स्थानमा अनुगमन तथा कारबाही अभियान सञ्चालन गरेको थियो ।
सो क्रममा अवैध रुपमा ढुंगा, गिट्टी र बालुवा ओसारपसार गर्ने ३ वटा स्काभेटर (जेसीबी), २ वटा ट्रिपर र ४ वटा ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिए ।
नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको र कुल ५ लाख १५ हजार रुपैयाँ जरिवाना गराइएको प्रहरी नायव उपरीक्षक डा. केसीले बताए ।
जरिवाना प्रक्रिया पूरा भएपछि ती सवारी साधन सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
