राष्ट्रिय सभा सदस्य निर्वाचन:उम्मेदवार जङ्गलीको उम्मेदवारीमाथि उजुरी दर्ता

दाङ । आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट उम्मेदवारी दिएका बासुदेव घिमिरे जङ्गलीको उम्मेदवारीमाथि उजुरी परेको छ । कांग्रेस–एमाले गठबन्धनको तर्फबाट अपाङ्गता क्लस्टरमा उम्मेदवारी दिएका घिमिरे गैरअपाङ्ग भएको दाबी गर्दै उनको उम्मेदवारी खारेज गर्न माग गरिएको हो । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरका अनुसार नेपाली कम्युनिस्ट पार्टीको […]

दाङको घोराहीमा भोलिदेखि माघे मेला सुरु हुँदै

दाङ । घोराहीमा भोलिदेखि ‘दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी एवं माघे मेला–२०८२’ सुरु हुने भएको छ । नेपाल मगर संघ घोराहीले आयोजना गरेको मेलाको उदुघाटन लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले गर्ने कार्यक्रम रहेको महोत्सव मुल आयोजक समितिका संयोजक तथा नेपाल मगर संघ घोराहीका अध्यक्ष बेदबहादुर बुढाले जानकारी दिए । त्यस्तै उनका अनुसार […]

लमही नगरपालिकाको वर्ष उत्कृष्ट वन्यजन्तु संरक्षणकर्मी पुरस्कारबाट खनाल सम्मानित

दाङ । पत्रकार एवम् सर्प उद्दारकर्ता शिवु खनाल सम्मानित भएका छन् । बिहिवार लमही नगरपालिकाकाे १८ औँ नगर सभाकाे अवसरमा पत्रकार एवम् सर्प उद्दारकर्ता खनाल वर्ष उत्कृष्ट वन्यजन्तु संरक्षणकर्मी पुरस्कार २०८२ सहित सम्मानित भएका हुन् । वन्यजन्तु संरक्षण क्षेत्रमा क्रियाशील रहि समग्र लमही नगरपालिका क्षेत्रबाट विभिन्न प्रजातिका एक हजार भन्दा बढि विषालु, अविषालु सर्पकाे सकुशल […]

कर्रि सामुदायिक वन उपभोक्ता समूह लमही-७ को २५ औँ साधारणसभा सम्पन्न

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर –७,बनघुस्री स्थित कर्रि सामुदायिक वन उपभोक्ता समूहको २५ औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष किशोर कुमार घर्ती मगरको अध्यक्षता तथा सब-डिभिजन वन कार्यालय लमहीका रेञ्जर दिवश परियारको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि दिवश परियारले […]

राप्ती गापाको आठौँ अधिवेशन सुरु,तीन महत्वपूर्ण विधेयक पेश

दाङ । देउखुरीको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ अधिवेशन बिहीबारदेखि सुरु भएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ तथा लुम्बिनी प्रदेशको गाउँ सभा/नगर सभाको (कार्य सञ्चालन) कार्यविधि ऐन, २०७६ को दफा ३(१) बमोजिम गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा अधिवेशनको सुरु भएको हो । त्यस्तै अधिवेशनको पहिलो बैठकमा सार्वजनिक महत्वका तीन वटा विधेयक […]

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १० लाख नमुना मतपत्र छापियो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १० लाख प्रति नमुना मतपत्रको छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रत्यक्षतर्फको सेतो कागजमा रातो रङको र समानुपातिकतर्फ सेतो कागजमा कालो रङको नमुना मतपत्र छापिएको हो । आयोगले समानुपातिकतर्फको मतपत्रको छपाइ पनि छिटै सुरु हुने बताएको छ । त्यस्तै […]

सरकारद्वारा बाबुको पहिचान नखुलेकालाई आमाको नामबाट नागरिकता दिने ऐन कार्यान्वयन

काठमाडौं । सरकारले बाबुको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता दिने नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा ल्याएको छ । नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बनाउन नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (चौथो संशोधन) ऐन २०८२ गएको असोज ५ गते राष्ट्रपतिबाट प्रमाणीत भएको थियो […]

सामुदायिक वन समूहलाई मर्ज गर्नु भनेको वातावरण बिरोधी कार्य हो:अध्यक्ष भण्डारी

दाङ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका संघीय अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वन समुहहरुलाई मर्ज गर्न खोज्नु वातावरण बिरोधी भएको बताएका छन् ।गढवा गाउँपालिका–१, बड्हरामा रहेको सामुदायिक वन समूहहरुद्वारा सञ्चालित गोबरडिहा सःमिल तथा फर्निचर उद्योग प्रा. लि.को १३ औँ बार्षिक साधारणसभालाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सामुदायिक वन समूहलाई जबजस्त मर्ज […]

आगामी प्रतिनिधि सभा निर्वाचनमा ८० हजार नेपाली सेना परिचालन गरिने

काठमाडौँ । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज परिचालन हुने जानकारी दिए । त्यस्तै उनले भने,“निर्वाचनका लागि एकीकृत सुरक्षा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]