टेकबहादुर पुन बिहिबार, पुष २४, २०८२

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर –७,बनघुस्री स्थित कर्रि सामुदायिक वन उपभोक्ता समूहको २५ औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।

सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष किशोर कुमार घर्ती मगरको अध्यक्षता तथा सब-डिभिजन वन कार्यालय लमहीका रेञ्जर दिवश परियारको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि दिवश परियारले सामुदायिक वन उपभोक्ता समूह वन संरक्षणको मेरुदण्ड भएको उल्लेख गरे ।

त्यस्तै उनले कर्रि सामुदायिक वनले वन संरक्षण, हरियाली प्रवर्द्धन र जैविक विविधता जोगाउन खेलेको भूमिका प्रशंसनीय रहेको बताए । सामुदायिक वनको आम्दानीलाई पारदर्शी र दिगो रुपमा परिचालन गरी स्थानीय विकास, रोजगारी सिर्जना तथा विपन्न वर्गको उत्थानमा लगानी गर्नुपर्नेमा उनले जोड दिए ।

समूहका सचिव छोट्कहनिया चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा मन्तव्य राख्दै समूहका सल्लाहकार शिबराज गिरीले २५ औँ साधारणसभा समूहको इतिहासमा महत्वपूर्ण उपलब्धि भएको बताए । उनले सामुदायिक वनको आम्दानीलाई दीर्घकालीन योजनासहित शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक विकासका क्षेत्रमा प्रयोग गर्न सुझाव दिए । यस्तै,नेपाल विद्युत प्राधिकरण लमहीका ई-सुपरभाइजर सन्तोष वाग्लेले वन क्षेत्रभित्र तथा आसपास सञ्चालन हुने विद्युत संरचनामा सुरक्षा र समन्वय आवश्यक रहेको उल्लेख गरे ।

वन रक्षक महेश केसीले अवैध कटानी नियन्त्रण, डढेलो रोकथाम र वन्यजन्तु संरक्षणमा उपभोक्ताहरुको सक्रिय भूमिका अपरिहार्य रहेको बताए । वडासदस्य उर्मिला चौधरीले वडाको तर्फबाट सामुदायिक वनसँग सहकार्य गर्दै स्थानीय विकासका कार्यक्रम अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।
२५ औँ साधारणसभामा कोषाध्यक्ष महाबिर चौधरीले एक करोड १२ लाख २० हजार दुई सय एकतीस रुपैयाँ २० पैशाको आर्थिक प्रतिबेदन प्रस्तुत गरे । प्रतिवेदनमा आम्दानी,खर्च विवरण तथा आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रमहरु समेटिएका थिए ।

त्यस्तै २५ औँ साधारणसभा सामुदायिक वनको संरक्षण, सुशासन र दिगो व्यवस्थापनमा थप सशक्त रुपमा अघि बढ्ने प्रतिबद्धतासहित सम्पन्न भएको आयोजकले जनाएका छन् । कार्यक्रमको सहजीकरण समूहका बरिष्ठ उपाध्यक्ष हरिराम चौधरीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]