
Pes
Ses
Pbu
pku
Djs
Gfs
Unsku
Srbpu
cjs
Sgr
Rgp
Rgp1
Lnp
Ggp

Pvg
Sbs
Ggd
Ksm
Vor
Rgu
Ssm
Tsm
Asm
Bbbpu
Sls
Hal
nsb
Wsp
Rgu
Rgs
Bbu
Rsb
Gst

Ptm
Jmb
sab
Pls
Syp
Bml
Jmb
Rmb
Rpp
bbt
Abd
Mks
Gsb
दाङ । देउखुरीको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ अधिवेशन बिहीबारदेखि सुरु भएको छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ तथा लुम्बिनी प्रदेशको गाउँ सभा/नगर सभाको (कार्य सञ्चालन) कार्यविधि ऐन, २०७६ को दफा ३(१) बमोजिम गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा अधिवेशनको सुरु भएको हो ।
त्यस्तै अधिवेशनको पहिलो बैठकमा सार्वजनिक महत्वका तीन वटा विधेयक पेश गरिएको छ। गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रमको रकमान्तर प्रस्ताव,२०८२ सभामा पेश गरेकि छिन् ।
त्यसैगरी,सभाका सदस्य तथा आर्थिक विकास समिति संयोजक गेमे खड्काले राप्ती गाउँपालिकाको व्यवसाय दर्ता विधेयक,२०८२ र सभा सदस्य तथा सुशासन विकास समिति संयोजक देवप्रसाद चौधरीले कर्मचारीहरुको सेवा,सुविधा तथा शर्त सम्बन्धी राप्ती गाउँपालिकाको करार सेवा विधेयक,२०८२ पेश गरेका छन् ।
यस्तै,सभा सदस्य तथा सामाजिक विकास समिति संयोजक पहलवान चौधरीले राप्ती गाउँपालिकाको दलित सशक्तिकरण सम्बन्धी व्यवस्था विधेयक, २०८२ सभामा पेश गर्का छन् । सभामा पेश गरिएका विधेयकहरु अधिवेशनको आगामी बैठकमा छलफल गरि निर्णयार्थ प्रस्तुत गरिने जनाइएको छ।
अधिवेशनको शून्य समयमा सभाका सदस्यहरुले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माण, सेवा प्रवाह तथा जनजीविकासँग सम्बन्धित विविध विषयहरु उठान गर्नुका साथै सो सँग सम्बन्धित रचनात्मक सुझावहरु समेत राखेका थिए ।
त्यस्तै सभाका अध्यक्षसमेत रहेका गाउँपालिका अध्यक्ष विष्टले गाउँपालिकाको समग्र विकास, सुशासन तथा जनताको जीवनस्तर सुधारका लागि निरन्तर प्रयत्नशील रहेको बताए । अधिवेशनको आगामी दोस्रो बैठकको मिति केही दिनपछि सूचना मार्फत जानकारी गराइने बताइएको छ ।
