
Unsku
Lnp
Rgp1
pku
Srbpu
Rgp
Pes
Ses
Gfs
Sgr
cjs
Pbu
Ggp
Djs

Pvg
Asm
Rgu
Bbbpu
Gst
Tsm
Wsp
Vor
Rgu
Ssm
Sls
Bbu
Ggd
Rgs
Rsb
Sbs
Ksm
nsb
Hal

Jmb
sab
Jmb
bbt
Syp
Pls
Gsb
Ptm
Rmb
Abd
Mks
Rpp
Bml
दाङ । घोराहीमा भोलिदेखि ‘दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी एवं माघे मेला–२०८२’ सुरु हुने भएको छ ।
नेपाल मगर संघ घोराहीले आयोजना गरेको मेलाको उदुघाटन लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले गर्ने कार्यक्रम रहेको महोत्सव मुल आयोजक समितिका संयोजक तथा नेपाल मगर संघ घोराहीका अध्यक्ष बेदबहादुर बुढाले जानकारी दिए ।
त्यस्तै उनका अनुसार भोली बिहान ११ बजे घोराही उपहानगरपालिका वडा नम्बर – १४ लखनपार्कबाट विभिन्न जातजातिको भेषभुषा,कला सस्कृति झल्कने पहिरनसहित र्याली निकालिने छ । त्यसपश्चात करिब दिउसो २ बजेको समयमा मेलाको औपचारिक उद्घाटन गरिने छ । भोलीदेखि माघ ४ गते सम्म सञ्चालन हुने मेलाको तयारी पूरा भएको आज बेलुका पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराइएको हो । पर्यटन प्रवद्र्धन तथा कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक बुढाले जानकारी दिए ।
त्यस्तै पर्यटन प्रवर्धन,कला संस्कृतिको संरक्षणसँगै नेपाल मगर संघको घोराही–१८ ढोडेनीमा निर्माणाधिन अवस्थामा रहेको बहुउद्देश्य सभागृह निर्माणमा सहयोग र बेलझुण्डीमा रहेको गौशालालाई सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको महोत्सवलाई सफल बनाउनका लागि सवैको साथ र सहयोग आवश्यक रहेको मेलका संरक्षक तथा नेपाल मगर संघ दाङका अध्यक्ष मुक्त बुढाले बताए । मगर संघले लगाउन थालेको मेला व्यापरिक महोत्सव नभएको भन्दै उनले उद्योगी,व्यवसायीलाई समेत सहयोगका लागि आग्रह गरेका छन् ।
यस्तै “मगर तथा विभिन्न जातजातिको भेषभूषा संरक्षण, कला संस्कार संस्कृति तथा खाना प्रदर्शन प्रवर्धन” भन्ने मुल नाराका साथ आयोजना हुने महोत्सवमा जातिगत भेषभुषाका स्टल तथा खानाका परिकार,जलपरी,बाल उद्यान लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । घोराही उपमहानगरपालिका–१४ गोरखा टोलमा सञ्चालन हुने उक्त मेलामा डान्स आइडल, टिकटक प्रतियोगिता,दोहोरी प्रतियोगिता पनि संचालन हुने छन् ।खोजरफ्तार
