
ebg
Gsbus
Ksbus
Rsbus
Ssbus
Ksbus
Lsbus
Gis
Ksbus
Lsbus
Gsbus
Bsbus
Ses
Ssbus
Ksbus
Gms
Ssbus
Nssbush
Gsbus
Pbu

Bbu
Vor
nsb
Rgu
Rgu
Wsp
Rgs
Gst
Pvg
Rsb
Tsm
Sbs
Sls
Ssm
Ksm
Hal
Asm
Bbbpu
Ggd

Bml
Pls
Abd
sab
Ptm
Jmb
Syp
Rmb
Mks
Jmb
Gsb
bbt
Rpp
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा पालिका स्तरीय प्रथम रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता विभिन्न विद्यालयका विद्यार्थीहरुको मार्चपास प्रदर्शन सहित सोमबार देखिसुरु भएको हो ।
राजपुर गाउँपालिकाको समन्वय तथा साधारण नमुना मावि, सालभौरीको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले पानसमा बत्ती बाली उद्घाटन गर्नु भएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी बुढाथोकीले राजपुर गाउँपालिकालाई खेलकुदको गन्तव्यका रुपमा बिकास गर्न आफू लागि पर्ने बताउनु भयो । यसरी हरेक खेलकुद प्रतियोगिता समय – समयमा हुने हो भने गाउँनगरबाट राष्टिय, अन्तराष्ट्रिय खेलाडीहरु भोलिका दिनमा उत्पादन हुने र जस्ले गाउँ नगर र देश लाई चिनाउनुका साथै थुप्रै फाइदाजनक कार्यहरुको सम्भावना खेलकुदले आफै सिर्जना गर्छ,अध्यक्ष बुढाथोकीले बताउनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि तथा राजपुर गाउँपालिका उपाध्यक्ष धनपति देवी यादवले सम्पुर्ण सहयोगी सहभागिलाई धन्यवाद दिँदै खेलाडी विद्यार्थी भाइबहिनीहरुलाई राम्राेसँग अनुशासित र लगनशिल भएर खेल खेल्नका लागि आग्रह गर्नु भएको छ ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पाण्डेले आगामी दिनमा पक्कै पनि यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले राजपुरमा फन्को मारिने छ। खेलकुद भनेको खेल्नका लागि, मनोरञ्जनका लागि, स्वस्थ्यका लागि, अनुशासनको लागि रहेको बताउनु भयो । उहाँले भन्नू भयो उच्च सक्षम र अनुशासित नागरिक तयार गर्नका लागि खेलकुदको आयोजना गरिने गरिन्छ । यहाँबाट उत्पादन भएका खेलाडी सिकेका कुराहरूलाई पक्कै पनि गाउँपालिका स्तरीय जिल्ला स्तरीय हुँदै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिन्छ भन्ने आशा व्यक्त गर्नु भयो ।
यस्तै राजपुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशव लम्सालले प्रथम राष्ट्रपति रनिङ शिल्ड सुरु भएकोले आफूलाई गर्भ लागेको बताए। उनले आज राजपुर गाउँपालिका आगाडी बढेको गौरभकाे अनुभुति रहेको बताउनु भयो ।
यस्तै राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर विष्टले ठुलो लक्ष्य र हाँसिला अनुहार लिएर सहभागि भएका सम्पुर्ण विद्यालयका विद्यार्थी भाइबहिनीहरु र शिक्षकहरूलाई धन्यावाद दिँदै अबका दिनहरू यसरी नै एकताबद्ध खेलकुदको सन्देशलाई जुन आज उत्साहपुर्ण रूपमा मनायौं त्यसरी नै राजपुर गाउँपालिकालाई समृद्ध राजपुर गाउँपालिका सुखी राजपुर बासी बनाउन आत्मसाथ गर्ने आशा आफुले राखेको बताउनु भयो ।
आयोजक विद्यालय साधारण नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम चौधरीकाे अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको सिल्ड प्रतियोगिता कार्यक्रममा छात्र र छात्रा तर्फ अलग अलग भलिबल, कबड्डी,एथ्लेटिक्स,हाइजम्प,लङजम्प,त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटफुट लगाएतका खेलहरू समावेश गरिएको छ ।
प्रतियोगितामा छात्रतर्फ दौड १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर, ४×१०० मिटर, रिले ४ ×४०० मिटर रिले , छात्रा तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर, ४×१०० मिटर रिले, ४×४०० मिटर रिले, उफ्रने र फ्याँक्ने ( फिल्ड) तर्फ छात्र हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्यावलिङ थ्रो ८०० ग्राम, सटफुट १२ पाउन्ड, छात्रा हाइजम्प लङजम्प, त्रिपल जम्प ज्यावलिङ थ्रो ६०० ग्राम र सटफुट ८ पाउन्ड लगाएतका खेलहरु रहेको छ । यस्तै फाल्गुन १ गते आजदेखि सुरु भएको राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता फाल्गुन ३ गतेसम्म संचालन रहने आयोजकले जनाएको छ।
आयोजक साधारण नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक मान बहादुर केसीकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन उक्त विद्यालयका शिक्षक धर्म राज यादवले गर्नु भएको थियो ।
