तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका सोमबार, फाल्गुण ०१, २०७९

दाङ । गाउँपालिकाले २०७९ साल फागुन १ गते साेमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा आज आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले फागुन १ गते ‘जनयुद्ध दिवस’को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

राप्ती गाउँपालिका गाउँकार्यपालिकाको आइतबार बसेको बैठकले पालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेको वडा नम्बर २ का वडा अध्यक्ष तथा गाउँपलिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिनुभयो।प्रवक्ता चाैधरीका अनुसार २०७९ साल फागुन १ गते सोमबारका दिन गाउँपालिका र त्यस अन्तर्गतका सबै कार्यालयहरूमा सार्वजनिक बिदा दिएको छ ।तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेबाट १० वर्षसम्म सशस्त्र जनयुद्ध  सञ्चालन गरेको थियो ।

त्यस्तै यो संघर्षको सम्झनामा फागुन १ गते सार्वजनिक विदा दिईएको गाउँपालिका अध्यक्ष विष्टले जानकारी दिनुभयो।अध्यक्ष विष्टले भन्नुभयो,”तत्कालिन व्यवस्थालाई परिवर्तन गर्ने लक्ष्यका साथ सुरु भएको एतिहाँसिक जनयुद्धको सम्झना तथा त्यस आन्दोलनमा साहादत प्राप्त गर्ने सम्पूर्ण सहिद,घाईते अपाङ्ग,वेपत्ताहरुको सम्मान स्वरुप गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो।”

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]