
Gfs
Djs
Pbu
Rgp1
Pes
Lnp
Rgp
Srbpu
Unsku
sbs
Ggp
pku
Sgr
cjs

Rgs
Rsb
Ggd
nsb
Hal
Bbu
Wsp
Pvg
Gst
Sbs
Vor
Rgu
Ssm
Rgu
Sls
Asm
Tsm
Bbbpu
Ksm

Ptm
Bml
sab
Abd
Rmb
Jmb
Syp
Mks
Jmb
bbt
Gsb
Rpp
Pls
दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले बबईको पानी लिफ्टिङका लागि निर्माण गर्न लागेको आरभिटि ट्यांकको शिलान्यास गरिएको छ ।
त्यस्तै घोराही ७ बेसाइमा बन्न लागेको आरभिटि ट्यांकको शिलान्यास संस्थाका अध्यक्ष देवीबहादुर डिसीको नेतृत्वमा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले गर्नु भएको हो ।
३ लाख लिटर पानी भण्डारण गर्न सकिने आरभिटिको शिलान्यास कार्यक्रममा संस्थाका उपाध्यक्ष हेमन्ती पुन मगर, सचिव धमेन्द्र श्रेष्ठ, कोषाध्यक्ष ध्रुब केसी तथा सदस्यहरु किशोर कुमार आचार्य, युवराज आचार्य, खुमा खड्का, विन्दु पाण्डेय र कार्यालयका प्रमुख प्रकाशजित विक्रम डाँगीको उपस्थिति रहेको थियो । जयशेर मावि रावतगाँउसँग ५ कठ्ठा जग्गा लिजमा लिईएको र उक्त स्थानमा आरभिटि ट्यांक निर्माणको काम सुरु गरिएको छ । करिव ५० करोडको लागनीमा भैरहेको बबई लिफ्टिङ आयोजना अन्तरगत यस आरभिटि ट्यांकको निर्माणका साथै सम्पुर्ण कामको जिम्मा भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवा प्रालिले पाएको छ । यस्तै शिलान्यास कार्यक्रममा बोल्दै घोराहीका नगर प्रमुख चौधरीले बबई लिफ्टिङ आयोजनाका लागि १ करोड रुपैयाँ अनुदानका रुपमा बजेट छुट्टाएको जानकारी दिनुभएको थियो ।
घोराही खानेपानी तथा सरसफाइ आयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापनका लागि आएको ४९ करोड ८५ लाख ४९ हजार रुपैयाँ लगानीमा उक्त आरभिटि ट्यांकसहित वडा नंम्वर ७ सुक्वारीमा पाचँ लाख लिटर पानी भण्डारण गर्न सकिने, २ वटा सम्बवयल, ५ वटा डिप बोरिङ पानी शुद्धिकरणका लागी एउटा ट्रिटमेन्ट प्लान्ट र अर्काे एउटा आरभिटि ट्यांक निर्माण गरिने संस्थाका सचिव धर्मेन्द्र श्रेष्ठले जानकारी दिनुभएको हो ।
यसका लागि नेपाल सरकारले जम्मा रकमको ७० प्रतिशतले हुन आउने ३४ करोड ८९ लाख ८४ हजार तीन सय रुपैयाँ अनुदान दिने छ । यो रकम घोराही सहलगानी खानेपानी तथा सरसफाइ आयोजना बबई लिफ्टिङको लागि आएको हो । अहिले आठ हजार २ सय धारा सञ्चालनमा छन् । ढाई वर्षमा आयोजना सकिदा थप चार हजार ४५ घरमा धारा हुनेछन् । संस्थाको धारा वितरण १२ हजार ४७ पुग्नेछ । सबै धारामा चौबिसै घण्टा खानेपानी सुविधा हुने संस्थाले जनाएको छ ।
