
Sdc
Amb
ksbus


काठमाडौं । नेपाली काङ्ग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले ५ सय ५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ ।
शनिबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै देउवा समूहले डाक्टर शशांक कोइरालाको संयोजकत्वमा आयोजक समिति गठन गरेको जानकारी गराएको छ ।
त्यस्तै,देउवा समूहले साउन २९ गते काठमाडौँमा भेला गर्दै छ । विशेष महाधिवेशनबाट गगन थापा काङ्ग्रेस सभापति भएपछि देउवा समूह असन्तुष्ट रहँदै आएको छ । एकताका लागि काङ्ग्रेसको संस्थापनका नेताहरु इच्छुक नदेखिएको र आफूहरु राष्ट्रिय भेला गर्ने अवस्थामा पुगेको पत्रकार सम्मेलन गर्दै कोइरालाले बताए ।
