
Gfs
Pes
Djs
pku
Unsku
Pbu
Ggp
Sgr
Rgp
cjs
Lnp
Ses
Srbpu
Rgp1
काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो त्रैमासमा सम्पन्न गरेका कामकारबाही र उपलब्धि सार्वजनिक गरेको छ। मन्त्रालयले बजेट कार्यान्वयन,राजस्व व्यवस्थापन, कानुनी सुधार,वित्तीय सङ्घीयता,वित्तीय क्षेत्र सुधार,योजना–अनुगमन र प्रशासनिक व्यवस्थापनसम्बन्धी विस्तृत प्रगति विवरण सार्वजनिक गर्दै राज्यकोष व्यवस्थापन, निर्वाचन खर्च, राजस्व प्रशासन सुदृढीकरण तथा सुशासन प्रवर्द्धनमा केन्द्रित प्रयास अघि बढाएको जनाएको छ । मन्त्रालयका अनुसार […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरुको बलिदानबाट प्राप्त नागरिक स्वतन्त्रता,संघीय लोकतान्त्रिक गणतन्त्र र संवैधानिक उपलब्धिलाई कमजोर हुन नदिन सबै पक्ष सजग र जिम्मेवार हुनुपर्ने बताएका छन् । सहिद दिवस, २०८२ को अवसरमा शुक्रबार जारी सन्देशमा मुख्यमन्त्री आचार्यले संविधान कार्यान्वयन, राजनीतिक स्थायित्व, सुशासन र आर्थिक समृद्धिका क्षेत्रमा चुनौतीहरु कायमै रहेकाले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र […]
कपिलवस्तु । कपिलवस्तुको जनता आविमा बिहिवार नि:शुल्क आँखा चेकजाँच कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ,छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजको प्राबिधिक सहयोग तथा शिवराज नगरपालिकाको आर्थिक सहयोगमा शिवराज- २ मा रहेको जनता आधारभूत विद्यालय, मद्रहवामा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएकाे हाे । नेत्र सहायक प्रस्तोता बेल्बासेको नेतृत्वमा गएको टाेलिले ३०० जनाको आँखा […]
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका तत्कालीन उपकूलपति प्रा.डा.संगिता सिंह भण्डारी सहित १९ जना र हिमालयन मेडिटेक प्रालिविरुद्ध सिटी स्क्यान मेसिन खरिदमा अनियमितता गरेको आरोपमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान मेसिन खरिदमा ७ करोड ३१ लाख ८२ हजार ९८५ अनियमितता गरेको भन्दै विशेष अदालत, […]
दाङ । देउखुरीको लमही नगरपालिका पशु उपशाखा कार्यालय बिहीबार आजदेखि औपचारिक रुपमा संचालनमा आएको छ । सो कार्यालयको उद्घाटन लमही नगरपालिका प्रमुख जोगराज चौधरीले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले पशुपालन क्षेत्र नगरपालिकाको आर्थिक विकासको प्रमुख आधार भएको बताउँदै अब कृषकले आवश्यक सेवा स्थानीय तहमै सहज रूपमा पाउने विश्वास व्यक्त गरे । […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाउने भएको छ । गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीका अनुसार लक्षित समूह अन्तर्गत कक्षा ६ मा अध्ययन गर्ने छात्राहरु र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरु तथा गत वर्ष सञ्चालितको लागि निर्धारित लक्षित समूहका छात्रा किशोरीहरु मध्ये यो खोप लगाउन छुटेका […]
काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका युवराज सफल उर्फ युवराज पौडेल एक रातमात्र हिरासत बसेर रिहा भएका छन् । उनलाई सरकारी वकिल कार्यालयले हिजो हाजिरी जमानीमा छोडिदिएको हो । रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता सम्वन्धी विषयलाई लिएर महान्यायाधीवक्ता सविता भण्डारीविरुद्ध गालीगलौज र भ्रामक प्रचार गरेको आरोपमा उनी पक्राउ परेका थिए । महान्यायाधिवक्ताको कार्यालयले […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर–४ नयाँगाउँमा रहेको जनज्योति आधारभूत विद्यालयको ४१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुकुम बहादुर बस्नेतको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै अध्यक्ष बिष्टले अहिलेका बालबालिकालाई शिक्षासँगसँगै संस्कार दिनु अत्यावश्यक रहेको बताए । […]
दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भइसकेपछि देउखुरीको पूर्वाधार विकासलाई लिएर बहस चर्किरहेका बेला पूर्व शहरी विकासमन्त्री मेटमणि चौधरीले यहाँ विमानस्थल निर्माण अपरिहार्य भइसकेको बताएका छन् । राजधानीको हैसियत,भौगोलिक उपयुक्तता र क्षेत्रीय पहुँचलाई आधार मान्दै उहाँले देउखुरीमा विमानस्थल निर्माण सम्भव मात्र नभई अब आवश्यकताको विषय भइसकेको दाबी गरेका हुन् । बिहीबार दाङको लमहीमा आयोजित […]