
Ssbus
Jsbus
Gsl
Ddhbs
Rbs
Bksbus5
Gsbus
Ratbs
Nssbus7
Amb
gms
Pbu
dsbus
Csbus

Wsp
Tsm
Pvg
Sls
Rgs
Rgu
Rgu
Sbs
Gst
Hal
Asm
Bbbpu
Ggd
Bbu
Vor
Ksm
nsb
Ssm
Rsb

Ptm
bbt
Jmb
Mks
Abd
Pls
Gsb
Jmb
Bml
Syp
Rmb
sab
Rpp
दाङ । देउखुरीको गढवा गाउँपालिकाले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाउने भएको छ ।
गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीका अनुसार लक्षित समूह अन्तर्गत कक्षा ६ मा अध्ययन गर्ने छात्राहरु र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरु तथा गत वर्ष सञ्चालितको लागि निर्धारित लक्षित समूहका छात्रा किशोरीहरु मध्ये यो खोप लगाउन छुटेका हाल कक्षा ७ देखि १० मा अध्ययनरत छात्राहरु र विद्यालय नजाने ११ देखि १४ वर्ष उमेरका किशोरीहरु लाई लक्षित गरी खोप लगाईने भएको छ ।
पालिका भित्रमा कक्षा ६ मा अध्ययनरत किशोरीहरुलाई र विद्यालय बाहिरको हकमा १० वर्ष उमेर समूहका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाउने कार्यक्रम रहेको छ । क्यान्सर विरुद्धको निःशुल्क एचपीभी खोप लगाउने कार्यक्रम हुने जानकारी दिए । गढवा गाउँपालिकामा सञ्चालित सामुदायिक र संस्थागत विद्यालय र विद्यालय बाहिरका किशोरीहरुलाई समेत खोप लगाउने कार्यक्रम रहेको गढवा गाउँपालिका जनस्वास्थ्य अधिकृत मनिशा गैरेले जानकारी दिए।
त्यस्तै यहीँ माघ २५ र २६ गते सञ्चालन हुने यो कार्यक्रम विद्यालयमा कक्षा ६ मा अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई लक्षित गरिएको छ । पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान निरन्तर चल्ने जनस्वास्थ्य अधिकृत गैरेले जानकारी दिए।
गढवा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान आठ वटै वडाको १४ खोप केन्द्रबाट ४३१ जनालाई खोप लगाईने भएको छ, जसका लागि स्वास्थ्यकर्मी र स्वयम् सेवक गरी २८ जना परिचालन हुने गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीले जानकारी दिए।
राष्ट्रिय खोप कार्यक्रम एच.पि.भी खोप अभियान– २०८२ अन्तर्गत एच.पि.भी खोप अभियान सञ्चालन पूर्व पालिका स्तरीय खोप समन्वय समिति तथा खोप दिने स्वास्थ्यकर्मीहरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम गढवा गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ।
जसको प्रशिक्षकमा जिल्ला स्वास्थ्य कार्यालय दाङका मलेरिया इनिस्पेक्टर निरिक्षक कमल चन्द रहनुभएको थियो। अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख,उप – प्रमुख,जनस्वास्थ्य अधिकृत, विभिन्न स्वास्थ्य चौकीका प्रमुख, सामुदायिक स्वास्थ्य इकाई, स्वास्थ्य केन्द्र, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
गढवा गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको भ्याक्सिनेसनका लागि १४ खोप केन्द्र स्थापना गरिएको छ।जसमा वडा नं. १ मा जनमुखी मा।वि। रङसिङ, जनता मावि कालाकोटे (जनता मा.वि. कालाकोटे र प्रतिष्ठा एकेडेमी) आधारभूत विद्यालय बनघुसीमा डिभेल इङ्गलिस बोर्डिङ स्कुलसहितको खोप केन्द्र स्थापना गरिएको छ भने वडा नं. २ मा मावि पचहियामा कोसेली इङ्गलिस बोर्डिङ स्कुल सहित र महदेवा आधारभूत स्वाथ्य सेवा केन्द्रमा सहि सालभौरी नाकाको खोप केन्द्र स्थापना गरिएको छ।
त्यसैगरी वडा नं. ३ मा सरस्वती मावि विद्यानगर गोवरडिहामा सरस्वती मा.वि. गोवरडिहा, आदर्श रात्रि प्रा.वि. र नेपाल इ. बोर्डिङ स्कुलको लागि खोप केन्द्र स्थापना गरिएको छ । वडा नं ४ मा दिपेन्द्र होमजुन मा.वि.प्रसेनीमा दिपेन्द्र होमगुन्ज मा.वि.प्रसेनी,राप्ती साउदन बोर्डिङ स्कुल र मुना मिलन बोर्डिङ स्कुलको लागि खोप केन्द्र स्थापना गरिएको छ । भने वडा नं ५मा मा.वि. चैनपुरमा खोप केन्द्र स्थापना गरिएको छ ।
त्यसैगरी आधारभूत कक्रहवार वडा नम्बर ६ ज्ञान ज्योति इङ्गलिस बोर्डिङ स्कुलमा भ्याली पब्लिक स्कुल र शुभ तारा इङ्लिस बोर्डिङ स्कुलको लागि खोप केन्द्र स्थापना गरिएको छ । यस्तै बाल कल्याण आवि बालाखुट्टीमा बुद्ध ज्योति मावि गढवा सहितको लागि खोप केन्द्र स्थापना गरिएको छ भने दुर्गा आ।वि। मनिकापुरम समेत खोप केन्द्र स्थापना गरिएको छ। त्यसैगरी वडा नम्बर ७ मा जनता मावि गढवामा सरस्वती निमावी लक्षिनपुर सहितको लागि खोप केन्द्र स्थापना गरिएको छ । त्यस्तै वडा नम्बर ८ मा महेन्द्र आधारभूत विद्यालयमा खोप केन्द्र स्थापना गरिएको छ ।
