Sidha Patra शुक्रबार, माघ १६, २०८२

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरुको बलिदानबाट प्राप्त नागरिक स्वतन्त्रता,संघीय लोकतान्त्रिक गणतन्त्र र संवैधानिक उपलब्धिलाई कमजोर हुन नदिन सबै पक्ष सजग र जिम्मेवार हुनुपर्ने बताएका छन् ।

सहिद दिवस, २०८२ को अवसरमा शुक्रबार जारी सन्देशमा मुख्यमन्त्री आचार्यले संविधान कार्यान्वयन, राजनीतिक स्थायित्व, सुशासन र आर्थिक समृद्धिका क्षेत्रमा चुनौतीहरु कायमै रहेकाले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र नागरिक अधिकारको सुनिश्चितता आजको साझा दायित्व भएको उल्लेख गरेका छन् ।

उनले नागरिक स्वतन्त्रता,राष्ट्रिय स्वाधीनता, संविधानको रक्षा,संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । सहिद दिवस देश र जनताको हितका लागि प्राण आहुति दिने वीर सहिदहरुको संघर्ष, त्याग र बलिदानको स्मरण गर्ने ऐतिहासिक दिन भएको उनको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिकका रुपमा स्थापित गर्दै स्वाधीन, समावेशी र न्यायपूर्ण राज्य निर्माणका लागि सहिदहरुले गरेको बलिदानको सम्मानस्वरुप हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइँदै आएको स्मरण गरेका छन् । सहिदहरुले देखेका सपना साकार पार्न तीन तहका सरकार,राजनीतिक दल, नागरिक समाज र आम नागरिकले साझा जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै उनले आज प्राप्त भएका सबै राजनीतिक,सामाजिक र संवैधानिक उपलब्धिहरु सहिदहरुको संघर्षकै परिणाम भएको बताएका छन् ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार महान् सहिदहरुको त्याग, समर्पण र बलिदानको उच्च सम्मान गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन र समृद्ध प्रदेश निर्माणमा दृढतापूर्वक प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । सहिदहरुको बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत दिगो शान्ति, सामाजिक न्याय,विकास र समृद्धिको आकांक्षा पूरा गर्न अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने उनको विश्वास छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]