
Jns
Ggp
Sgp
Usb
Lks
Asb
Dus
Rgp
ksb
Ggp
Rgp
lnp
Lnp
Rgp
Rgp

lms

काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका युवराज सफल उर्फ युवराज पौडेल एक रातमात्र हिरासत बसेर रिहा भएका छन् । उनलाई सरकारी वकिल कार्यालयले हिजो हाजिरी जमानीमा छोडिदिएको हो ।
रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता सम्वन्धी विषयलाई लिएर महान्यायाधीवक्ता सविता भण्डारीविरुद्ध गालीगलौज र भ्रामक प्रचार गरेको आरोपमा उनी पक्राउ परेका थिए । महान्यायाधिवक्ताको कार्यालयले उनलाई आवश्यक कानूनी कारवाही गरिदिन भन्दै प्रहरीलाई पत्र पठाएको थियो । सोही आधारमा गत मंगलबार बिहान साढे १० बजे सिभिल ड्रेसमा आएका सीआइबीका प्रहरीरीले निवासमै आएर नियन्त्रणमा लिएको सफलले बताएका छन् । हिरासत मुक्त भएपश्चात सफलले ‘बाघलाई थुन्ने खोर नबनेको’ भन्दै कडा प्रतिक्रिया दिए । ‘अमेरिका नै लाग्दा पनि युवराज सफल भन्ने बाघलाई केही गर्न नसकेको’ उनको भनाइ छ ।
यद्यपि,उनले गल्ति महसुस भने गरेका छन् ।
उनी भन्छन्, ‘आवेशमा आएर बोलेँ । पिडित भएपछि बहुलाउँछ नि मान्छे । युवराज सफल बहुलायो । तर मजत्तिको बौद्धिक र न्यायीक व्यक्तित्वले त्यस्तो बोल्न हुन्थेन भन्ने जनभावना छ । अब आइन्दा यसरी बोल्दिनँ ।’
युवराज सफलको थप भनाइ :
अस्ति साढे १० बजे सर्वोच्च जाने क्रममा थिएँ । सीआइबीको साथीहरु सिभिलमा आएर मलाई नियन्त्रणमा लिएँ । सम्मानपूर्वक व्यवहार गरे । मैले नै ढिला नगरौं, छिटो जाउँ भनेको थिएँ । एक रातमै म निस्किएको छु । बाघ धेरै दिन खोरमा थुनिदैन । बाघ थुनिने खोर बनेको रहेनछ । बाघ बाहिरै ठीक छ भनेर मलाई सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा रिहा गरिदियो ।
मुद्दा फिर्ता भने लिइएको छैन । यो विषय अदालतमा जाला । म रोई कराई पनि गर्दिनँ । मैले व्यक्ति भएर त्यो कुरा बोल्न हुँदैनथ्यो । युवराज सफलजस्तो बौद्धिक मान्छेले त्यस्तो बोल्न हुन्थेन । तर जाहेरबाला र सहकारी पिडितको तर्फबाट बोल्दा जायज थियो । जसरी महान्यायाधिवक्ता कार्यालयले रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णय लियो, त्यो निर्णयको विरुद्धमा मैले अख्तियार, सर्वोच्च सबैतिर उजुरी दिएँ । अहिले त्यही व्यक्तिले पक्राउ गराउनु भनेको म माथि राजनीतिक प्रतिसोध हो । तर अमेरिका सहित लाग्दा पनि युवराज सफल भन्ने बाघलाई केही गर्न सकेनन् ।
आवेगमा बोलेको कुरालाई लिएर फाइदा उठाउने काम गरे । यस्ता कुरा भावि दिनमा दोहोर्याउँदिनँ । मर्यादित भएर बोल्छु । पिडित भएपछि कहिलेकाहीँ दिमागले काम गर्दैन । त्यही कारणले बोल्या हुँ । उहाँले कति करोड लिएको हो वा होइन, अख्तियारले अनुसन्धान गर्ला । उहाँहरुले कानुनभन्दा बाहिर गएर असंवैधानिक काम गर्नुभएको छ । यसको निराकरण अख्तियार र अदालतले गर्नुपर्छ । युवराज सफलले लगाएको आरोपमाथि ती निकायले छानविन गर्ने विश्वास छ । आवेशमा आएपछि पिडित हो, बहुलाउँछ नि । युवराज सफल बहुलायो । सकारात्मक रुपमा बहुलायो । म जत्तिको न्यायिक व्यक्तित्वले यस्तो नबोलिदए हुन्थ्यो भन्ने जनताको चाहना छ । सरकारी वकिलहरुले पनि तपाईं यस्तो नगरिदिए हुन्थ्यो हजुर भन्ने कुरा गरेका छन् । प्रहरीले पनि हजुरको सबै अभियान ठिक छ, तर बोल्दा अलिकति बिचार पुर्याइदिनुस् भने । म वैज्ञानिक मान्छे हो, उहाँहरुको सुझाव पनि लिएर अघि बढेको छु ।’
आज फेसबुकमा स्टाटास लेख्दै युवराज सफलले आफू पक्राउ पर्दा खुशी मनाउनेहरु अहिले रोईकराइ गरिरहेको बताएका छन् । एमसीसी विरोधि युवराज सफललाई फसाउँने अमेरिकी मिसन असफल भएको उनकाे टिप्पणी छ । विश्वशक्तिले हारेकाे समेत उनले बताएका छन् ।
यस्तो छ सफलको स्टाटसः
त्यस्तै युवराज सफल के नियन्त्रणमा परेको थियो जुल्फे एण्ड सुल्फे कम्पनीले भब्य खुसी मनाएछ,खसी, कुखुरा,माछा र बियर पनि खाएछ । कताकता युवराज सफल अब कयौं बर्षको लागि जेल गयो भनेर पनि लेख्न भ्याएछन् । तर २४ घण्टामा युवराज सफल हिरासत मुक्त भएपछि युवराज सफल कसरी जेलमुक्त भयो भनेर जुल्फे एण्ड सुल्फे कम्पनीमा रोइकराइ छ । जसरी बिर्को लागेको बट्टा भित्रको चिनीमा कमिलो पस्यो, युवराज सफल पनि त्यसैगरी भित्र पर्यो । अनि बिर्को लगाएको बट्टाबाट जसरी कमिला बाहिर निस्कियो, त्यसैगरी बाहिर निस्कियो । कागजी बाघलाई वास्तविक बाघलाई महिनौंसम्म खोरमा थुन्न सकिन्छ, तर वास्तविक बाघलाई धेरै समय खोरमा थुन्न सकिन्न, चेतना भया। शाही अमेरिकी सरकारको एमसीसी विरोधी युवराज सफललाई फसाउने मिसन असफल भएको छ । विश्व शक्तिले हारेको छ । राष्ट्र,राष्ट्रियताले जितेको छ । म हिरासतमा मुक्त भएको छु ।नेपालप्रेस
