
Rgp
Pbu
pku
Djs
Ggp
Lnp
Sgr
Ses
Pes
Unsku
Srbpu
Gfs
Rgp1
cjs

Bbu
Ksm
Gst
Ssm
Rsb
Rgs
Hal
Pvg
Vor
Sbs
Rgu
Sls
Asm
nsb
Wsp
Ggd
Rgu
Tsm
Bbbpu

Rpp
Jmb
Syp
Rmb
Gsb
Pls
Ptm
Abd
Bml
sab
Jmb
bbt
Mks
काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका युवराज सफल उर्फ युवराज पौडेल एक रातमात्र हिरासत बसेर रिहा भएका छन् । उनलाई सरकारी वकिल कार्यालयले हिजो हाजिरी जमानीमा छोडिदिएको हो ।
रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता सम्वन्धी विषयलाई लिएर महान्यायाधीवक्ता सविता भण्डारीविरुद्ध गालीगलौज र भ्रामक प्रचार गरेको आरोपमा उनी पक्राउ परेका थिए । महान्यायाधिवक्ताको कार्यालयले उनलाई आवश्यक कानूनी कारवाही गरिदिन भन्दै प्रहरीलाई पत्र पठाएको थियो । सोही आधारमा गत मंगलबार बिहान साढे १० बजे सिभिल ड्रेसमा आएका सीआइबीका प्रहरीरीले निवासमै आएर नियन्त्रणमा लिएको सफलले बताएका छन् । हिरासत मुक्त भएपश्चात सफलले ‘बाघलाई थुन्ने खोर नबनेको’ भन्दै कडा प्रतिक्रिया दिए । ‘अमेरिका नै लाग्दा पनि युवराज सफल भन्ने बाघलाई केही गर्न नसकेको’ उनको भनाइ छ ।
यद्यपि,उनले गल्ति महसुस भने गरेका छन् ।
उनी भन्छन्, ‘आवेशमा आएर बोलेँ । पिडित भएपछि बहुलाउँछ नि मान्छे । युवराज सफल बहुलायो । तर मजत्तिको बौद्धिक र न्यायीक व्यक्तित्वले त्यस्तो बोल्न हुन्थेन भन्ने जनभावना छ । अब आइन्दा यसरी बोल्दिनँ ।’
युवराज सफलको थप भनाइ :
अस्ति साढे १० बजे सर्वोच्च जाने क्रममा थिएँ । सीआइबीको साथीहरु सिभिलमा आएर मलाई नियन्त्रणमा लिएँ । सम्मानपूर्वक व्यवहार गरे । मैले नै ढिला नगरौं, छिटो जाउँ भनेको थिएँ । एक रातमै म निस्किएको छु । बाघ धेरै दिन खोरमा थुनिदैन । बाघ थुनिने खोर बनेको रहेनछ । बाघ बाहिरै ठीक छ भनेर मलाई सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा रिहा गरिदियो ।
मुद्दा फिर्ता भने लिइएको छैन । यो विषय अदालतमा जाला । म रोई कराई पनि गर्दिनँ । मैले व्यक्ति भएर त्यो कुरा बोल्न हुँदैनथ्यो । युवराज सफलजस्तो बौद्धिक मान्छेले त्यस्तो बोल्न हुन्थेन । तर जाहेरबाला र सहकारी पिडितको तर्फबाट बोल्दा जायज थियो । जसरी महान्यायाधिवक्ता कार्यालयले रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णय लियो, त्यो निर्णयको विरुद्धमा मैले अख्तियार, सर्वोच्च सबैतिर उजुरी दिएँ । अहिले त्यही व्यक्तिले पक्राउ गराउनु भनेको म माथि राजनीतिक प्रतिसोध हो । तर अमेरिका सहित लाग्दा पनि युवराज सफल भन्ने बाघलाई केही गर्न सकेनन् ।
आवेगमा बोलेको कुरालाई लिएर फाइदा उठाउने काम गरे । यस्ता कुरा भावि दिनमा दोहोर्याउँदिनँ । मर्यादित भएर बोल्छु । पिडित भएपछि कहिलेकाहीँ दिमागले काम गर्दैन । त्यही कारणले बोल्या हुँ । उहाँले कति करोड लिएको हो वा होइन, अख्तियारले अनुसन्धान गर्ला । उहाँहरुले कानुनभन्दा बाहिर गएर असंवैधानिक काम गर्नुभएको छ । यसको निराकरण अख्तियार र अदालतले गर्नुपर्छ । युवराज सफलले लगाएको आरोपमाथि ती निकायले छानविन गर्ने विश्वास छ । आवेशमा आएपछि पिडित हो, बहुलाउँछ नि । युवराज सफल बहुलायो । सकारात्मक रुपमा बहुलायो । म जत्तिको न्यायिक व्यक्तित्वले यस्तो नबोलिदए हुन्थ्यो भन्ने जनताको चाहना छ । सरकारी वकिलहरुले पनि तपाईं यस्तो नगरिदिए हुन्थ्यो हजुर भन्ने कुरा गरेका छन् । प्रहरीले पनि हजुरको सबै अभियान ठिक छ, तर बोल्दा अलिकति बिचार पुर्याइदिनुस् भने । म वैज्ञानिक मान्छे हो, उहाँहरुको सुझाव पनि लिएर अघि बढेको छु ।’
आज फेसबुकमा स्टाटास लेख्दै युवराज सफलले आफू पक्राउ पर्दा खुशी मनाउनेहरु अहिले रोईकराइ गरिरहेको बताएका छन् । एमसीसी विरोधि युवराज सफललाई फसाउँने अमेरिकी मिसन असफल भएको उनकाे टिप्पणी छ । विश्वशक्तिले हारेकाे समेत उनले बताएका छन् ।
यस्तो छ सफलको स्टाटसः
त्यस्तै युवराज सफल के नियन्त्रणमा परेको थियो जुल्फे एण्ड सुल्फे कम्पनीले भब्य खुसी मनाएछ,खसी, कुखुरा,माछा र बियर पनि खाएछ । कताकता युवराज सफल अब कयौं बर्षको लागि जेल गयो भनेर पनि लेख्न भ्याएछन् । तर २४ घण्टामा युवराज सफल हिरासत मुक्त भएपछि युवराज सफल कसरी जेलमुक्त भयो भनेर जुल्फे एण्ड सुल्फे कम्पनीमा रोइकराइ छ । जसरी बिर्को लागेको बट्टा भित्रको चिनीमा कमिलो पस्यो, युवराज सफल पनि त्यसैगरी भित्र पर्यो । अनि बिर्को लगाएको बट्टाबाट जसरी कमिला बाहिर निस्कियो, त्यसैगरी बाहिर निस्कियो । कागजी बाघलाई वास्तविक बाघलाई महिनौंसम्म खोरमा थुन्न सकिन्छ, तर वास्तविक बाघलाई धेरै समय खोरमा थुन्न सकिन्न, चेतना भया। शाही अमेरिकी सरकारको एमसीसी विरोधी युवराज सफललाई फसाउने मिसन असफल भएको छ । विश्व शक्तिले हारेको छ । राष्ट्र,राष्ट्रियताले जितेको छ । म हिरासतमा मुक्त भएको छु ।नेपालप्रेस
