
Rgp1
cjs
Pbu
Pes
Gfs
Rgp
Djs
Sgr
Srbpu
Lnp
pku
Unsku
Ggp
Ses

Rgu
Asm
Ssm
Tsm
Bbu
Pvg
Sbs
Ggd
nsb
Wsp
Sls
Bbbpu
Gst
Ksm
Rgs
Rsb
Hal
Rgu
Vor

Ptm
Mks
Jmb
Gsb
Jmb
Abd
Rmb
sab
Bml
Syp
Rpp
bbt
Pls
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका तत्कालीन उपकूलपति प्रा.डा.संगिता सिंह भण्डारी सहित १९ जना र हिमालयन मेडिटेक प्रालिविरुद्ध सिटी स्क्यान मेसिन खरिदमा अनियमितता गरेको आरोपमा मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान मेसिन खरिदमा ७ करोड ३१ लाख ८२ हजार ९८५ अनियमितता गरेको भन्दै विशेष अदालत, काठमाडौँमा मुद्धा दायर गरेको हो । अख्तियारले प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारी,कामु रजिष्ट्रार कैलाश प्रसाद देव, निर्देशक डा.सागर पन्थी,रेडियोलोजी विभागका प्रमुख डा. बोम विसी,बोयोमेडिकल इन्जिनियर शरद भण्डारी,बोयोमेडिकल इन्जिनियर आशुतोष भण्डारी विरुद्ध मुद्धा दायर गरेको छ ।
यस्तै कन्सल्टेन्ट बोयोमेडिकल इन्जिनियर अमित कुमार चौधरी,लेक्चरर डा.श्रीसिया पोखरेल,शाखा अधिकृतहरू झन्कार लामिछाने,लीला कुमारी देवकोटा र मेघ बहादुर अधिकारी,आई.टी.अफिसर हिरालाल भण्डारी,लेखा अधिकृत राजीब बस्नेत विरुद्ध मुद्धा दायर भएको छ ।
यसैगरी फार्मेसी सुपरभाइजर कृष्ण प्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल,फिजियोथेरापिष्ट पूजा ठाकुर,कम्प्यूटर असिस्टेन्ट सतिश बहादुर शाह, हिमालयन मेडिटेक प्रा.लि.तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने अमर श्रेष्ठ र सन्जु राजकर्णिकार विरुद्ध मुद्धा दायर गरेको अख्तियारले जनाएको छ । अख्तियारले उनीहरुलाई जनही ७ करोड ३१ लाख ८२ हजार ९८५ को बिगो माग गर्दै कानुन अनुसार कारवाहीको माग समेत गरेको छ ।
