
Dus
Rgp
Lnp
Rgp
Usb
ksb
Ggp
Asb
lnp
Jns
Rgp
Ggp
Lks
Rgp
Sgp

lms

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका तत्कालीन उपकूलपति प्रा.डा.संगिता सिंह भण्डारी सहित १९ जना र हिमालयन मेडिटेक प्रालिविरुद्ध सिटी स्क्यान मेसिन खरिदमा अनियमितता गरेको आरोपमा मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिटी स्क्यान मेसिन खरिदमा ७ करोड ३१ लाख ८२ हजार ९८५ अनियमितता गरेको भन्दै विशेष अदालत, काठमाडौँमा मुद्धा दायर गरेको हो । अख्तियारले प्रतिष्ठानका तत्कालीन उपकूलपति प्रा.डा. संगिता सिंह भण्डारी,कामु रजिष्ट्रार कैलाश प्रसाद देव, निर्देशक डा.सागर पन्थी,रेडियोलोजी विभागका प्रमुख डा. बोम विसी,बोयोमेडिकल इन्जिनियर शरद भण्डारी,बोयोमेडिकल इन्जिनियर आशुतोष भण्डारी विरुद्ध मुद्धा दायर गरेको छ ।
यस्तै कन्सल्टेन्ट बोयोमेडिकल इन्जिनियर अमित कुमार चौधरी,लेक्चरर डा.श्रीसिया पोखरेल,शाखा अधिकृतहरू झन्कार लामिछाने,लीला कुमारी देवकोटा र मेघ बहादुर अधिकारी,आई.टी.अफिसर हिरालाल भण्डारी,लेखा अधिकृत राजीब बस्नेत विरुद्ध मुद्धा दायर भएको छ ।
यसैगरी फार्मेसी सुपरभाइजर कृष्ण प्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल,फिजियोथेरापिष्ट पूजा ठाकुर,कम्प्यूटर असिस्टेन्ट सतिश बहादुर शाह, हिमालयन मेडिटेक प्रा.लि.तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने अमर श्रेष्ठ र सन्जु राजकर्णिकार विरुद्ध मुद्धा दायर गरेको अख्तियारले जनाएको छ । अख्तियारले उनीहरुलाई जनही ७ करोड ३१ लाख ८२ हजार ९८५ को बिगो माग गर्दै कानुन अनुसार कारवाहीको माग समेत गरेको छ ।
