
Unsku
Rgp1
Pbu
Sgr
Rgp
Lnp
pku
Srbpu
Ggp
दाङ । नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर ४ को वडा सम्मेलन सम्पन्न भएको छ । नेपाली कँग्रेस ४ नम्बर वडा समितीको आयोजनामा वडा सम्मेलन सँगै दोस्रो चरणको ‘समुदायमा काँग्रेस’ अभियानको समापन गरिएको हो । वडा सभापती मनिराम चौधरीको सभापतित्व एबम् नेपाली काँग्रेस महासमिती सदस्य तथा जिल्ला प्रतिनिधी मोहन गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो […]
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६, शिखरकोलनी निवासी आशिष गौतमको मोटरसाइकल चोरी भएको छ । बिहीबार आज बिहान करिब ११ बजेतिर आइडल बोर्डिङ स्कूलको प्रांगण बाहिर पार्किङ गरिराखेको रा ७ प २३९६ नम्बरको कालो र रातो रंगको १५० सिसीको मोटरसाइकल हराएको आशिष गौतमले जानकारी दिए । गौतम सोही विद्यालयका शिक्षक हुन् । बाहिर […]
दाङ । लुम्बिनी प्रदेशका निवर्तमान अर्थमन्त्री धनबहादुर मास्की मगरले बजेट बिनियोजन गरेपछि तुलसीपुर ११ स्थित उरहरी स्वास्थ्य चौकीको भवन सिलन्यास भएको छ । उक्त भवनको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सिलन्यास गरेका हुन् । ८ बर्षदेखि सोही स्थानमा स्वास्थ्य भवन अधुरो थियो । त्यस्तै सोही अबस्थामा रहेको भवनलाई प्रदेशको अर्थमन्त्री हुँदा मास्कीले २० लाख रुपैयाँ […]
दाङ । तुलसीपुर – अमिलिया सडक खण्डको अम्राई खोला नजिक अटो दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । तुलसीपुरबाट अमिलिया तर्फ आउदै गरेको अटो अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको हो । त्यस्तै उक्त दुर्घटनामा घाइते भएका तीन जनालाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
दाङ । राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ काे दाेस्राे चाैमासिक अवधिक सार्वजनिक सुनुवाइ कार्यक्रम बिहिवार सम्पन्न गरेको छ । गाउँपालिकाकाे वडा नं.९ रुपाकाेटमा कार्यक्रम आयोजना गरिएको थियो । राप्ती गाउँपालिका र मातहतका कार्यालयहरूको काम कार्वाही,सेवा प्रवाह,योजना जस्ता सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया गराउने तथा सेवाप्रति सेवा प्रदायकलाई जबाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ […]
काठमाडौँ । आजदेखि यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । आज बिहान ८ बजेदेखि सुरुभएको परीक्षा २७ गतेसम्म चल्ने छ । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन् । आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ । एसइईलाई व्यवस्थित,मर्यादित,निष्पक्ष,भयरहित […]
दाङ । देउखुरीको राजपुर गाउँपलिका र विभिन्न संघ,संस्थाले पालिकाको वडा नम्बर ४ मुङ्ग्रेठा खोलाका अग्नि पीडितलाई बुधबार राहत प्रदान गरेको छ । यहीँ चैत ६ गते आगलागीबाट खिमराज साहु,निर्मला भण्डारी,झुपलाल रानाको घर,गोठ जलेर नस्ट भएपछि घर बिहिन भएका अग्नि पीडितहरुलाइ सम्पूर्ण निकायबाट संकलित भएको नगद सहितको राहत गाउँपालिका मार्फत प्रदान गरिएको हो । राजपुर गाउँपालिकाले […]
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई दिइएको हतियार अनुमतिबारे गृह मन्त्रालयले छानबिन थालेको छ । जिल्ला प्रशासन कार्यालय झापाबाट जारी भएको ‘इजाजतपत्र’बारे छानबिन गर्न मन्त्रालयले विवरण माग गरेको हो । प्रसाईँका दुईजना व्यक्तिगत सुरक्षा गार्ड चैत ५ मा सर्वोच्च अदालत परिसरबाट जर्मन स्पोर्ट गन ‘जिएसजी–५’ सहित पक्राउ परेका थिए । त्यसबारे छानबिन गर्न मंगलबार सर्वोच्च […]
धनगढी । आज कञ्चनपुरमा लागुऔषध खैराे हेराेइन सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । बुधबार बिहान पुनर्बास नगरपालिका वडा नम्बर ११ डोके बजारबाट भारतकाे बहराइच नानपारा उत्तर प्रदेशका १९ वर्षीय सञ्जय बालमिक र शाहजपुर जिल्ला उत्तर प्रदेशका १९ वर्षीय अर्जुन बालमिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै उनीहरू दुवै जनालाई शंका लागेपछि […]