Sidha Patra बिहिबार, चैत्र १५, २०८०

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६, शिखरकोलनी निवासी आशिष गौतमको मोटरसाइकल चोरी भएको छ ।

बिहीबार आज बिहान करिब ११ बजेतिर आइडल बोर्डिङ स्कूलको प्रांगण बाहिर पार्किङ गरिराखेको रा ७ प २३९६ नम्बरको कालो र रातो रंगको १५० सिसीको मोटरसाइकल हराएको आशिष गौतमले जानकारी दिए । गौतम सोही विद्यालयका शिक्षक हुन् । बाहिर मोटरसाइकल पार्किङ गरेर परीक्षा हलमा प्रवेश गरेपछि करिब ११–२ बजेको बिचमा मोटरसाइकल चोरी भएको हुन सक्ने उनले बताए ।

त्यस्तै परीक्षा हलबाट बाहिर निस्केपछि मात्रै मोटरसाइकल प्रांगणमा नभएको थाहा भएको उनले बताए । साथै उनले मोटरसाइकल हराएको उजुरी प्रहरीमा दिइसकेको पनि बताए । तर मोटरसाइकल हराएको उजुरी आइनसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी नवचन्द्र मल्लले जानकारी दिए । यस्तै मोटरसाइकल फेला पार्नु हुनेले नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न गौतमले अनुरोध गरेका छन् ।

यसैबिच पछिल्लो समय पश्चिम दाङमा मोटरसाइकल चोरीका घटना दिनप्रति बढ्दो छ । तर प्रहरी प्रसाशन भने यस विषयमा बेखबर बन्ने गरेको छ । समयमै उजुरी दर्ता गरेपनि त्यसलाई गम्भीरतापूर्व नलिने गरेको पिडितहरुको गुनासो छ ।

त्यस्तै चोरी हुनुको मुख्य कारण सिसी क्यामराको जडान नगरेको भन्दै प्रहरी पन्छिने गरेको छ । विशेष गरेर पछिल्लो समय तुलसीपुर क्षेत्रमा सुरक्षा चुनौती बढ्दो रहेको जनाइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]