
Sgr
Rgp1
Rgp
Srbpu
Pbu
Ggp
Lnp
pku
Unsku

Vor
Gst
Tsm
Ggd
Wsp
Rsb
Sbs
Ssm
Rgu
nsb
Ksm
Rgs
Bbbpu
Bbu
Hal
Sls
Asm
Rgu
Pvg

Abd
Gsb
bbt
Ptm
Jmb
Bml
Syp
sab
Mks
Pls
Jmb
Rmb
Rpp
धनगढी । आज कञ्चनपुरमा लागुऔषध खैराे हेराेइन सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
बुधबार बिहान पुनर्बास नगरपालिका वडा नम्बर ११ डोके बजारबाट भारतकाे बहराइच नानपारा उत्तर प्रदेशका १९ वर्षीय सञ्जय बालमिक र शाहजपुर जिल्ला उत्तर प्रदेशका १९ वर्षीय अर्जुन बालमिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै उनीहरू दुवै जनालाई शंका लागेपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाे अनुसन्धान समूह (पीआईटी) र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त टाेलीले चेकजाँच गरेको थियो । त्यस क्रममा उनीहरूकाे साथबाट एक ग्राम ७१० मिलिग्राम खैराे हेराेइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ । यस्तै
दुवै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
