
gst
Mbdvs
Gisld
Ksm
Rbs
mbd
Sds
Anm
Pbu
Gmk

Tsm
Sbs
Pvg
Rgu
Vor
Ggd
Bbbpu
Gst
Ssm
Sls
Bbu
Asm
Rgu
Rgs
Ksm
Rsb
Wsp
nsb
Hal

Pls
Jmb
bbt
Syp
Ptm
Jmb
Abd
Rpp
Bml
Gsb
Rmb
sab
Mks
दाङ । लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा बैशाख १२ गते शनिबारका दिन घोराहीमा हुने ‘दोश्रो लुम्बिनी राष्ट्रिय खुला पुरुष तथा महिला १० कि.मि. रोड रेस प्रतियोगिता- २०८३’ को सम्पूर्ण तयारी पुरा भएको छ । यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य प्रतियोगिताकाे पूर्णसफलताकाे शुभकामना व्यक्त गरेका छन् ।
परिषदका सदस्य सचिव तिरणदाज गौतमका अनुसार प्रतियोगिता बिहान साढे ६ बजेबाट सुरु हुनेछ । प्रदेश खेलकुद परिषद्को स्वीकृत वार्षिक कार्यक्रमअनुसार खेलकुदको विकास, विस्तार र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । यस वर्ष प्रतियोगिताको पुरस्कार राशीमा उल्लेख्य वृद्धि गरिएको परिषद्ले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले ८० हजार रुपैयाँ, द्वितीयले ४५ हजार र तृतीयले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यसैगरी चौथोले १५ हजार, पाँचौंले १० हजार र छैटौंदेखि दशौं स्थानसम्मका खेलाडीले जनही ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै गत वर्ष २०८२ असार १४ गते सम्पन्न पहिलो संस्करणमा पुरुषतर्फ नेपाल आर्मीका सञ्जय श्रेष्ठले ३१ मिनेट ३०.४८ सेकेन्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरेका थिए । महिलातर्फ नेपाल आर्मीकै निशा सार्की प्रथम भएकी थिइन् ।
त्यसैगरी,गत वर्ष पुरुषतर्फ नरेन्द्र रावत दोस्रो, नागेश्वर अहिर तेस्रो, विनोद रोकाया चौथो र रुपेश कार्की पाँचौं भएका थिए । महिलातर्फ पुष्पा भण्डारी दोस्रो, दिया परियार तेस्रो, सुमित्रा कुमारी चौधरी चौथो र पुष्पा कठायक पाँचौं स्थानमा रहेकी थिइन् ।
