
Rgp
Lnp
Srbpu
Ggp
Pbu
Unsku
pku
Rgp1
Sgr

Bbu
Hal
Pvg
Sls
Asm
Rgs
Ggd
Rgu
Rgu
Vor
Sbs
Tsm
Wsp
nsb
Bbbpu
Rsb
Ssm
Ksm
Gst

Ptm
Mks
bbt
Bml
Gsb
Pls
Jmb
sab
Syp
Jmb
Rpp
Abd
Rmb
काठमाडौँ । नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने र बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
यस्तै कोशी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरुमा,बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका साथै कोशी प्रदेशको तराईको थोरै स्थानहरुमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै मधेस प्रदेश लगायत बागमती,गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।
यस्तै आज राति देशका हिमाली भूभागमा साधरणतया बादल लाग्ने,पहाडी भूभाग आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
