तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका बिहिबार, चैत्र १५, २०८०

दाङ । राप्ती गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ काे दाेस्राे चाैमासिक अवधिक सार्वजनिक सुनुवाइ कार्यक्रम बिहिवार सम्पन्न गरेको छ ।

गाउँपालिकाकाे वडा नं.९ रुपाकाेटमा कार्यक्रम आयोजना गरिएको थियो । राप्ती गाउँपालिका र मातहतका कार्यालयहरूको काम कार्वाही,सेवा प्रवाह,योजना जस्ता सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया गराउने तथा सेवाप्रति सेवा प्रदायकलाई जबाफदेही बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रमकाे आयोजना गरिएको राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले बताए ।

साे अवसरमा प्रमुख प्रशासकीय अधिकृत नेबबहादुर ओलीले दाेस्राे चाैमासिक अवधिमा गाउँपालिकाले गरेका काम र प्रगति प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, खानेपानी,कृषि, सडक,सिँचाइ,विद्युत लगायत विकासका पूर्वाधारहरू,पर्यटकीय क्षेत्रको प्रवर्द्धन,संरक्षण र विकास,सुशासन लगायत गाउँपालिका र मातहतका कार्यालय बाट प्रवाह गरिने सेवाका विषयमा गुनासो , जिज्ञासा तथा सुझाव राखेका थिए ।

त्यस्तै सहभागीहरुले उठाएका प्रश्न तथा जिज्ञासाहरुकाे गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,वडा अध्यक्षहरु तथा विभिन्न शाखाका शाखा प्रमुखहरूले जवाफ दिएका थिए ।

उक्त कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न शाखाका शाखा प्रमुख ,विभिन्न संघसंस्थाका प्रमुख, शिक्षक,विद्यार्थी, टोल विकास संस्थाका अध्यक्ष,उपभोक्ता समितिका पदाधिकारी,संचारकर्मी लगायत स्थानीय बासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण पत्रकार ओम प्रकाश गुप्ताले गरेका थिए । स्थानीय तहमा पारदर्शिता र जबाफदेहिताको औजारको रूपमा हेरिने सार्वजनिक सुनुवाइ कार्यक्रम पालिकाले प्रत्येक चौमासिक रूपमा गर्दै आइरहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]