
Unsku
Pbu
Lnp
pku
Sgr
Srbpu
Ggp
Rgp1
Rgp

Sbs
Rgu
Ssm
Wsp
Rgs
Gst
Hal
Asm
Rgu
nsb
Pvg
Ggd
Tsm
Bbbpu
Ksm
Rsb
Vor
Bbu
Sls

Jmb
Pls
Rmb
Rpp
sab
Abd
Ptm
Bml
Syp
bbt
Gsb
Mks
Jmb
दाङ । देउखुरीको राजपुर गाउँपलिका र विभिन्न संघ,संस्थाले पालिकाको वडा नम्बर ४ मुङ्ग्रेठा खोलाका अग्नि पीडितलाई बुधबार राहत प्रदान गरेको छ ।
यहीँ चैत ६ गते आगलागीबाट खिमराज साहु,निर्मला भण्डारी,झुपलाल रानाको घर,गोठ जलेर नस्ट भएपछि घर बिहिन भएका अग्नि पीडितहरुलाइ सम्पूर्ण निकायबाट संकलित भएको नगद सहितको राहत गाउँपालिका मार्फत प्रदान गरिएको हो ।
राजपुर गाउँपालिकाले दुई घरलाई २ सेटका दरले फाइबर सिरक,वडा नम्बर ४ ले नगद १२ हजार र नेपाल रेडक्रस सोसाइटी दुलैया उपशाखा राजपुर दाङले दुई सेटका दरले त्रिपाल,बाल्टिन,कम्बल, लत्ताकपडा,भाडाकुडा दिएको छ । गाउँपालिकाद्वारा संचालित भित्ता परियोजना अन्तर वडा नम्बर १ देखि ७ नम्बर भित्रमा गठित ५२ वटा समूहले संकलन गरेको ६३ हजार पाँच सय ८०
प्रदान गरिएको छ ।
त्यस्तै मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र राजपुरले १ सेटका दरले त्रिपाल, म्याट,बाल्टिन, हाइजिन,झुल गरि ४ सेट दिएको छ भने खुमबहादुर फाउन्डेसनबाट कपडा,जुत्ताहरु उपलब्ध गराइएको छ । यसैगरी ग्रामीण महिला उत्थान र सिपि नेपालले बालबालिकाका लागि स्टेसनरीका सामनाहरु उपलब्ध गराएको छ ।
त्यस्तै आगलागी घटनामा जलेर घाइते भएकी दुजा बुढा मगरलाई वडा पालिकाले ५ हजार र भित्ता परियोजनाले ५ हजार गरि दश हजार उपचार खर्च माथि उल्लेखित रकम मार्फत प्रदान गरेको हो ।
त्यस्तै उक्त राहत प्रदान गर्दै राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले आगलागीबाट घर बास बिहिन भएका अग्नि पीडितलाई धैर्यता अपनाउन आग्रह गरेका छन् । अचानक भएको आगलागी घटनाबाट आफू धेरै दुखि भएको र अग्नि पीडितलाई सक्दो पालिका लगायत अन्य संघ, संस्थाबाट दुखको क्षदमा मलम लगाउने प्रयास गरिएको बताए ।
यस्तै जिल्ला र प्रदेशका विपद व्यवस्थापन निकायलाई पालिकाबाट पत्राचार गरिसकेको हुँदा अब उक्त निकायहरुबाट पनि तत्काल सहयोग आउने अध्यक्ष बुढाथोकीले जानकारी दिए । राहत प्रदान गर्ने कार्यमा सहयोग गर्ने सम्पूर्ण संघ,संस्थालाई धन्यवाद दिदै अध्यक्ष बुढाथोकीले अहिले हावाहुरी चल्ने र खडेरीको समय भएको हुँदा सलाई,लाईटर जस्ता पदार्थहरु आफ्नो बालबच्चाको पहुँच भन्दा टाढा राखेर आगलागी घटनाबाट जोगिन पालिका बासीलाई आग्रह समेत गरेका छन् ।
त्यस्तै उपाध्यक्ष धनपती यादवले आगामी दिनमा निरन्तर यस्ता घटनाहरुमा पालिका सधै साथमा रहने बताए । यस्तै वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादवले वडाबाट नगद संकलन गरि प्रदान गरेको र आउदो दिनमा पनि सहयोग गर्ने बताए । यस अघि पालिकाले आगलागी भएको दिननइ तत्काल खाद्यान्नहरु उपलब्ध गराएको थियो ।
यस्तै उक्त गाउँमा रहेको ज्यामिमे सामुदायिक वनबाट घर बनाउदा लाग्ने सम्पूर्ण काठहरु नि:शुल्क उपलब्ध गराउने समूहका सल्लाहकार गिरराज खड्काले जानकारी दिए ।

